इरानले आणविक हतियार विकास गर्दैन तर युरेनियम सम्बर्धन कार्यक्रम रोक्दैन- खामेनी

काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इरानको आणविक हतियार विकास गर्ने कुनै मनसाय नभएको बताएका छन् ।

खामेनीले आणविक हतियार विकास गर्ने कुनै मनसाय नभएपनि ‘युरेनियम सम्बर्धन; कार्यक्रम भने नरोकिने बताएका हुन् ।

इरानी रेडियो र टेलिभिजनमा प्रसारित भाषणमा खामेनीले इरानी राष्ट्रको एकता, युरेनियम समृद्धि र अमेरिकासँगको सम्बन्धका बारेमा जोड दिएका थिए । उनले भने- ‘अमेरिकासँग वार्ताको कुनै फाइदा छैन, बरु हानिकारक छ । धम्की पाएपछि कुनै पनि देशले वार्ता गर्दैन ।’

इरानको आणविक उद्योग र समृद्धि बन्द गर्ने बारे अमेरिकाको भनाइलाई उल्लेख गर्दै खामेनीले इरानी जनताले यस्ता बयान दिने कसैलाई पनि नसहने बताए । आफ्नो भाषणको क्रममा खामेनीले इरानसँग आणविक हतियार नभएको र भविष्यमा पनि विकास नगर्ने स्पष्ट गरेका थिए ।

  • Related Posts

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले फेब्रुअरीको मध्यमा संसदीय चुनाव र जुलाई बडापत्रमा जनमत संग्रह गर्ने घोषणा गरेका छन् । आज दिउँसो राष्ट्रलाई २० मिनेटको टेलिभिजन सम्बोधनमा…

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    काठमाडौँ । पाकिस्तानसँगको तनावको बीचमा, अफगानिस्तानको तालिबान सरकारले व्यापारी र उद्योगीहरूलाई वैकल्पिक व्यापारिक मार्गहरू खोज्न आग्रह गरेको छ । अफगान उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बारादारले पाकिस्तानसँगको सीमा बन्दले व्यापार ठप्प…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 72 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 19 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 17 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह