इरानसँगको वार्ताको नतिजा सकारात्मक नआए नराम्रो हुनसक्छ- ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा नतिजा ननिस्किएमा नराम्रो हुने धम्की दिएका छन् ।

ट्रम्पले इरानसँग वार्ता गरिरहेको जानकारी दिदै सकारात्मक परिणाम नआएमा नराम्रो हुने धम्की दिएका हुन् । ट्रम्पले भने- ‘हामी हाल इरानसँग वार्ता गरिरहेका छौं, र मलाई आशा छ, परिणाम सकारात्मक हुनेछ, किनकि यदि त्यसो भएन भने, केहि नराम्रो हुन सक्छ ।’

ट्रम्पले उनको प्रशासनका प्रतिनिधिहरू इरानी सरकारसँग वार्तामा रहेको र वार्ताबाट परिणाम सकारात्मक आउने विश्वास व्यक्त गरेका छन् ।

इरानी विदेशमन्त्री अब्बास अराघची र ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ बीच आगामी केही दिनमा सम्भवतः टर्कीको इस्तानबुलमा प्रत्यक्ष भेटघाट हुने अनुमान बढ्दै गएको समयमा ट्रम्पको यस्तो भनाई आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राजदूत स्टीव विटकफ, उनका ज्वाइँ तथा सल्लाहकार जारेड कुशनर र इरानी विदेशमन्त्री अब्बास अराघची बैठकमा सहभागी हुने बताइएको छ ।

टर्की, कतार र इजिप्टका वरिष्ठ अधिकारीहरू पनि उपस्थित हुने अपेक्षा गरिएको छ । मिडिया रिपोर्टका अनुसार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, ओमान र पाकिस्तान जस्ता अन्य देशका प्रतिनिधिहरू पनि सहभागी हुन सक्ने बताइएको छ ।

  • Related Posts

    बंगलादेशमा नयाँ सरकार बन्दै: तारिक रहमान बीएनपी संसदीय दलको नेतामा निर्वाचित

    बंगलादेश राष्ट्रवादी पार्टी (बिएनपी) का अध्यक्ष तारिक रहमान सर्वसम्मतिले पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । मंगलबार दिउँसो राष्ट्रिय संसद भवनमा बसेको नवनिर्वाचित बीएनपी सांसदहरूको बैठकमा यो निर्णय गरिएको…

    इरान आसपास अमेरिकी युद्धपोत र लडाकु विमान तैनाथी बढेको पुष्टि

    अमेरिकाले इरान आसपास सैन्य युद्धपोतको तैनाथी बढाएको पुष्टि भएको छ । उपग्रहबाट प्राप्त तस्बिरहरूले अमेरिकी विमानवाहक युद्धपोत ‘यूएसएस अब्राहम लिंकन’ इरान नजिक पुगेको पुष्टि भएको छ । उक्त युद्धपोत हाल…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 12 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 12 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 9 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 11 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 12 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 17 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ