इसरोको पीएसएलभी मिसन असफल

 भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले प्रक्षेपण भएको पीएसएलभी-सी ६२/इओएस- एन१ मिसन असफल भएको छ । 

सोमबार बिहान अन्वेषा उपग्रह र १४ को- प्यासेन्जर उपग्रहहरू ध्रुवीय उपग्रह प्रक्षेपण वाहन अन्तरिक्षमा प्रक्षेपण असफल भएको इसरोले जानकारी दिएको छ । मिशनमा प्राविधिक गडबडी भएको जानकारी दिदै यसको विश्लेषण भइरहेको जानकारी दिएको छ । इसरोले मिसनको तेस्रो चरणमा प्राविधिक गडबडी देखिएपछि उपग्रहलाई यसको तोकिएको कक्षमा तैनाथ गर्न नसकिएको जनाएको छ ।

पृथ्वी अवलोकन उपग्रह मुख्य उपग्रह हो, जुन पृथ्वीबाट लगभग ६०० किलोमिटर माथि एसएसओमा राखिने बताइएको थियो ।

अन्वेषा रक्षा अनुसन्धान तथा विकास संगठनद्वारा विकसित गरिएको थियो । यो उन्नत इमेजिङ क्षमताहरूले सुसज्जित एक जासूसी उपग्रह हो, जुन सटीक निगरानी र नक्साङ्कनको लागि डिजाइन गरिएको छ । यसले पृथ्वीबाट धेरै सय किलोमिटर माथिबाट पनि झाडी, जङ्गल वा बंकरहरूमा लुकेका शत्रुहरूको छविहरू खिच्न सक्ने बताइएको छ ।

  • Related Posts

    भारतमा एआई इम्प्याक्ट समिट आजदेखि, विश्वका प्रमुख प्रविधि कम्पनीका प्रमुख सहभागी हुदै

    विश्वकै ठूला प्रविधि कार्यक्रममध्ये एक ‘इन्डिया एआई इम्प्याक्ट समिट २०२६’ आजदेखि भारतको नयाँ दिल्लीस्थित भारत मण्डपममा सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज समिटको औपचारिक उद्घाटन गर्ने कार्यक्रम…

    माइक्रोसफ्टका एआई प्रमुखको चेतावनी: वकिलदेखि लेखापालसम्म जागिर पनि जोखिममा

    कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रभाव र विश्वव्यापी रोजगारी कटौतीबीच माइक्रोसफ्ट एआईका प्रमुख मुस्तफा सुलेमानले ठूला कार्यालयीन रोजगारी जोखिममा पर्ने चेतावनी दिएका छन् । उनका अनुसार आगामी १२ देखि १८…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 23 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 20 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 24 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 23 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 19 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 29 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ