ईरानलाई परमाणु हतियार राख्न कहिल्यै नदिने अमेरिकी विदेशमन्त्री रुबियोको दाबि

 अमेरिकी विदेश मन्त्री मारको रुबियोले ईरानलाई कुनै पनि अवस्थामा परमाणु हतियार राख्न अनुमति नदिइने स्पष्ट पारेका छन् । उनले ईरान अमेरिका, युरोप, मध्यपूर्व क्षेत्र र विश्व शान्तिका लागि खतरा रहेको दाबी गरेका हुन् ।

जर्मनीको म्युनिखमा आयोजित म्युनिख सेक्युरिटी कन्फेरेन्सका क्रममा ब्लूमबर्गसँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।

रुबियोका अनुसार मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्ने क्षमता र इच्छा ईरानले देखाएकाले अमेरिका उक्त क्षेत्रमा आफ्नो सेना कायम राख्न चाहन्छ । उनले मध्यपूर्वमा अमेरिकाका सहयोगी देशहरू तथा सैन्य आधारहरू रहेकाले सुरक्षा सन्तुलन कायम राख्न सैन्य उपस्थिती आवश्यक रहेको बताए ।

उनले थपे- ‘ईरानको कुनै गल्तीका कारण ठूलो द्वन्द्व नहोस् भन्ने उद्देश्यले अमेरिका सावधानीपूर्वक आफ्नो उपस्थिति कायम राख्न चाहन्छ ।’

यसैबीच उनले डोनाल्ड ट्रम्पको प्राथमिकता ईरानसँग सम्झौता गर्नु रहेको पनि उल्लेख गरे । उनले यस्तो सम्झौता कठिन भए पनि अमेरिका प्रयास जारी राख्ने बताए ।

  • Related Posts

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    इजरायलले पछिल्लो २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको दाबी गरेको छ । इजरायली सेनाका अनुसार ती आक्रमणहरूमा क्षेप्यास्त्र प्रक्षेपण केन्द्र र हतियार निर्माण हुने स्थानलाई…

    बहराइनमा क्षेप्यास्त्रका टुक्रा खस्दा तीन जना घाइते

    बहराइनमा इरानले गरेको आक्रमणका क्रममा खसेका क्षेप्यास्त्रका टुक्राले लागेर कम्तीमा तीन जना घाइते भएका छन् । बहराइनको गृह मन्त्रालयले ईरानतर्फबाट भएको आक्रमणका बेला झरेका क्षेप्यास्त्रका अवशेषका कारण उनीहरू घाइते भएको…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 11 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 16 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो