दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०९ पौष । ईलाका प्रहरी कार्यालय, जानकी टोला ले विशेष सुचनाको आधारमा आज दिउँसो करिब ०२:१५ बजेको समयमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालोका वडा नं. ०२ स्थित सडक खण्ड बाट प्रतिवन्धित लागु औषध गाँजा सहित एक जना भारतीय नागरिक र मोटरसाईकल आफ्नो नियन्त्रणमा लिएको छ ।
बुधबार दिउँसो त्यहाँ बाट खटिएको प्रहरी टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा जगरनाथपुर बाट जानकी टोला तर्फ आउदै गरेको भारतिय नम्बर BR 22 BL 0632 को मोटरसाईकललाई रोकि चेक जाँच गर्दा मोटरसाईकल चालक भारतको विहार राज्य, पश्चिम चम्पारण जिल्लाको ग्राम नरकटिया वडा नं. ११ वस्ने वर्ष २६ को सुमित कुमारको शरीरको कानूनी रीतपुऱ्याई खानतलासी गर्दा लागु औषध गाजाँ जस्तो देखिने पदार्थ ३ किलो १ सय २० ग्राम प्लाष्टिकले शरीरमा बेरिएको अवस्थामा फेला परेको छ ।
सोही क्रममा बरामद लागु औषध र उल्लेखित नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ थप अनुसन्धान कार्य भइरहेको कुरा बुधबार सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताएका छन् ।










