दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १६ पुष । प्रहरी चौकी,  मिलन चोक ले आईतबार बिहान करिब ०४:३९ बजेको समयमा त्यहाँ बाट खटिएको गस्ती टोलीले भेडहा खोला बाट बालुवा उत्खनन् गरिरहेको अवस्थामा ना. ५ त ६८९४ नम्बरको ट्र्याक्टर पक्राउ गरि सम्बन्धित पालिकामा बुझाई कानुन बमोजिम कार्वाही गरेको छ ।

त्यसै गरि सोमबार बिहान करिब ०९:३० बजेको समयमा बीरगंज महानगरपालिका वडा न. ३२,  रामवन स्थित जङ्गलबाट हरियो काठ चिरी ल्याउदै गर्दा प्रहरी चौकी मिलन चौक बाट प्रहरी सहायक निरीक्षक प्रमोद प्रसाद साहको कमाण्डको टोलीलाई देखि फरार भइ २ थान  साइकल र काचो डाउरा सहित बरामद गरि आवश्यक कार्वाहीको लागि सब डिभिजन बन कार्यालय, सबैया टाडी पर्सामा बुझाएको छ ।

यसै गरी आजै दिउँसो करिब ०२:३० बजेको समयमा यस कार्यालय तथा  प्रहरी चौकी मिलन चौक पर्सा बाट खटिएको संयुक्त टोलीले भेडाहा खोलामा बालुवा उत्खनन् गरि रहेको आवस्थामा ना. ५ त ८८११ नंवरको ट्र्याक्टर पक्राउ गरि यस कार्यालयमा राखी आवश्यक कार्वाहीको प्रकृया अगाडि बढाइएको कुरा ईलाका प्रहरी कार्यलय, पटेर्वा सुगौली का प्रमुख प्रहरी निरीक्षक राम राजा केसरी ले बताएका छन् ।