दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०४ चैत्र । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा शुक्रबार दिउसो ०५:३० बजेको समयमा बिल विजक भन्दा बढी Power Bank, Ear buds लगायतका सामानहरू लोड रहेको एउटा मालबाहक ट्रक आफ्नो नियन्त्रणमा लिएको थियो ।
उक्त दिन वीरगञ्ज बाट काठमाण्डौ तर्फ जाँदै गरेको ना. ६ ख ५२५४ नम्बरको मालवाहक ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं. २५, चण्डाल चोक स्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी हार्डवेयर पार्टस लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा Power Bank, Ear Buds मालबस्तुहरू (उल्लेखित विल अनुसार) अंदाजी मूल्य रू. १ करोड ९१ लाख ७८ हजार ६ सय ८१ बराबरको ईलेक्ट्रोनिक्स सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आईतबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।