दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २१ भदौ । बीरगन्ज महानगरपालिका वडा नं. ३ निवासी नजमा वेगमलाई पक्राउ गरी वादीको विगो दाखिला गर्न गराउन उच्च अदालत इजलास बीरगन्जले बिहीबार पुन: दोश्रो पटक आदेश गरेको छ । नेपाली कांग्रेस पर्सा क्षेत्र न २ को सभापती म.सहाबुदिन को पत्नी नजमा बेगम अहिले फरार रहेका छ्न । उच्च अदालत इजलास बीरगन्जले नजमा ले २०८१ जेठ २१ गते दायर गरेको निवेदन बिहीवार खारेज गर्दै कलैया वडा नं. ४ बस्ने दिपु प्रसाद गुप्तालाई विगो दाखिला गर्न आदेश गरेको छ ।
सहाबुदिनले २०७४ सालमा आफ्नो जग्गा बिक्री गर्ने भनी बैना स्वरुप बारा जिल्ला, कलैया उपमहानगरपालिका वडा नं.४ का दिपु प्रसाद गुप्ता संग ७५ लाख रुपया बुझेका थिए । पैसा लिएको कागज भने उनले आफ्नी पत्नी नजमा बेगमसंग गर्न लगाएका थिए ।
गुप्ता संग पटक-पटक गरि पैसा बुझे पछी सहाबुदिनले विभिन्न बहानामा जग्गा दिन आनाकानी गर्नथाले । जग्गा पनि नदिने र पैसा फिर्ता गर्ने अवस्था समेत नदेखे पछी पांच वर्ष पछि २०७८ सालमा पिडित गुप्ताले बारा जिल्ला अदालतमा आफ्नो रकम फिर्ता गराई दिन माग गर्दै मुद्दा दायर गरेका थिए ।
अदालतले २०८० पुस ८ गते गुप्ताको पक्षमा फैसला गर्दै ७ दिन भित्रमा ७५ लाख रुपया अदालतमा दखिला गर्न आदेश दिएको थियो । बिगो दाखिला नगरे सो बराबरको कैद हुने फैसला आदेश भए पछी आतिएका सहाबुदिन दम्पत्ती २०८० माघ ४ गते बारा जिल्ला अदालतमा बिनती पत्र चढाउदै २०८० माघ मसान्त भित्र ३ किस्तामा गरि रकम दाखिला गर्ने सुबिधा प्रदान गरिदिन आग्रह गरेका थिए । सोही मितिमा अदालतले माग बमोजिमको फैशला गरेपनी नजमाले रकम दाखिला गरिनन् ।
अदालतले माघ १४ गते प्रथम किस्ताको २५ लाख रुपया सहित स्वयम् हाजिर हुन आदेश गरेपनी उनिहरु फागुन ४ गते मात्रै हाजिर भएको र सो मितिमा जम्मा २१ लाख रुपैया दाखिला गरि पुन: फागुन मसान्त सम्मको अन्तिम समय माग गरेका थिए ।
नजमाको माग बमोजिम अदालतले फेरि एक पटक फागुन मसान्तसम्मको समय दियो तर उनले रकम दाखिला गरिनन् । रकम दाखिला नगरेपछी जिल्ला अदालतले चैत १ गते बिगो रकम असुल गर्न उनको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । पर्सा प्रहरीले नजमालाई पक्राउ गर्ने आदेश बमोजिम उनको निवासमा पुग्दा उनी फरार भएकी थिइन् ।
७५ लाख रुपया बुझाउनु पर्नेमा जम्मा २१ लाख रुपया मात्र अदालतमा दाखिला गरि ५४ लाख रुपया बुझाउन बाकी रहेकोले अदालतले पुनः पक्राउ को आदेश दिएको छ । पिडित गुप्ताले भने अदालतको निर्णय र प्रमाण सहित आफ्नो बाकी ५४ लाख रुपैया पाउनुपर्ने बताउदै आएका छन् ।