उच्च शिक्षालाई प्रतिष्पर्धी बनाउनुपर्नेमा शिक्षामन्त्रीको जोड

कीर्तिपुर (काठमाडौँ), १५ साउनः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईले शिक्षाक्षेत्रको बजेट बढाएर विश्वविद्यालय शिक्षालाई प्रतिस्पर्धी बनाउन आफू लागिपरेको बताउनुभएको छ ।

विश्वविद्यालयको आज सम्पन्न सिनेट बैठकमा मन्त्री भट्टराईले शैक्षिक क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा जोड दिनुभयो । आफूले लामो समयदेखि देशका कूल बजेटको २० प्रतिशत रकम शिक्षाक्षेत्रका निम्ति विनियोजन गर्नुपर्नेमा जोड दिँदै आएको बताउनुभयो । उहाँले विश्वविद्यालय शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन जरुरी भएको विचार व्यक्त गर्दै विज्ञान तथा प्रविधि क्षेत्रलाई विशेष जोड दिने शैक्षिक प्रणाली अपरिहार्य भएको बताउनुभयो । साथै उहाँले अन्वेषण अनुसन्धानमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । मन्त्री भट्टराईले विश्वविद्यालयका चारवटै अनुसन्धान केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोगमार्फत थप बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । “आगामी दिनमा यी केन्द्रलाई सरकारको ‘थिङ्क ट्याङ्क’का रूपमा विकास गर्नुपर्ने भएकाले त्यस दिशामा पनि कार्ययोजना बनाएर लाग्न विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिनुभयो । सभाले त्रिभुवन विश्वविद्यालयको ६२औँ ‘ग्रेस लिष्ट’ पारित गरेको छ । उक्त लिष्टअनुसार अध्ययन पूरा गरी विभिन्न तहमा उत्तीर्ण भएका ७३ हजार नौ सय ९५ जना विद्यार्थी त्रिविको आगामी दीक्षान्त समारोहमा भाग लिन योग्य भएका छन् । परित गे्रस लिष्टअनुसार २०८० साल असार १ देखि २०८१ जेठ मसान्त सम्ममा स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारीधि गरेका व्यवस्थापन सङ्कायका ३० हजार नौ सय ३६, शिक्षाशास्त्रतर्फ ११ हजार तीन सय १७ र मानविकीका १३ हजार ६ सय २६ विद्यार्थी छन् । सभाले आगामी आर्थिक वर्षका लागि रु २६ अर्ब १६ करोड ८७ लाख ३५ हजारको बजेट पनि पारित गरेको छ ।

–––

  • Related Posts

    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा शनिबार बिहान करिब ०६:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित गण्डक चोक…

    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २४ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहतका वडा प्रहरी कार्यालय, बिर्ता र वडा प्रहरी कार्यालय, श्रीपुर ले विशेष सूचनाको आधारमा बुधबार बीरगंज महानगरपालिका…

    पहिलो

    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    • February 9, 2025
    • 36 views
    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    • February 6, 2025
    • 40 views
    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    पर्साको छिपहरमाई गाउँपालिकामा नि:शुल्क आँखा शिविर को समुद्घाटन सम्पन्न-सबै भन्दा ठूलो काम नै नि:शुल्क आँखाको शल्यक्रिया हो- अध्यक्ष गुप्ता

    • February 5, 2025
    • 46 views
    पर्साको छिपहरमाई गाउँपालिकामा नि:शुल्क आँखा शिविर को समुद्घाटन सम्पन्न-सबै भन्दा ठूलो काम नै नि:शुल्क आँखाको शल्यक्रिया हो- अध्यक्ष गुप्ता

    पर्सा मा श्रोत नखुलेको सात लाख नगद सहित साह पक्राउ-

    • February 5, 2025
    • 64 views
    पर्सा मा श्रोत नखुलेको सात लाख नगद सहित साह पक्राउ-

    जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै-

    • February 4, 2025
    • 43 views
    जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै-

    पर्सा प्रहरी द्वारा लाखौं मूल्य बराबरको विभिन्न मालबस्तुहरू पक्राउ-

    • February 4, 2025
    • 27 views
    पर्सा प्रहरी द्वारा लाखौं मूल्य बराबरको विभिन्न मालबस्तुहरू पक्राउ-