उत्तर कोरियालाई विश्वको उत्कृष्ट समाजवादी स्वर्ग बनाउने किमको प्रतिबद्धता

काठमाडौँ । आणविक कार्यक्रमलाई लिएर जारी तनावका बीच उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकालाई फेरि एक पटक चेतावनी दिएका छन् । आफ्नो वर्कर्स पार्टीको ८० औं वार्षिकोत्सवमा भाषण दिँदै किमले उत्तर कोरियालाई विश्वको उत्कृष्ट समाजवादी देश बनाउने र कुनै पनि खतराको जवाफ आणविक शक्तिले दिने चेतावनी दिएका हुन् । 

यस क्रममा उनले चीन र रुस जस्ता देशका नेताहरूको उपस्थितिमा पश्चिमी देशहरू विरुद्धको गठबन्धनलाई बलियो बनाउने संकेत पनि गरे भने अर्कोतर्फ, उनले अमेरिकासँग वार्ता गर्ने इच्छा पनि व्यक्त गरे ।

आफ्नो भाषणमा किमले अमेरिकाको बढ्दो आणविक खतराको सामना गर्न सकियोस् भनेर आणविक हतियार र अर्थतन्त्र दुवै विकास गर्ने नीति अपनाएको बताए । उनले हाम्रा विरोधीहरूको राजनीतिक र सैन्य दबाबको साहसपूर्वक जवाफ दिइरहेको बताउदै देशलाई समृद्ध र सुन्दर बनाएर, विश्वको उत्कृष्ट समाजवादी स्वर्ग बनाउने घोषणा गरेका छन् ।

किमको वर्कर्स पार्टीको ८० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा चीनका प्रधानमन्त्री ली छियाङ, रुसका पूर्व राष्ट्रपति दिमित्री मेदवेदेव र भियतनाम कम्युनिष्ट पार्टीका प्रमुख तो लामले भाग लिएका थिए । किमले धेरै नेताहरूसँग छुट्टाछुट्टै भेटेका छन् ।

त्यस्तै, शुक्रबार एक विशाल सैन्य परेड हुने सम्भावना छ, जसमा किमले आफ्ना नयाँ र खतरनाक हतियारहरू प्रदर्शन गर्न सक्छन् । यसमा अमेरिकालाई प्रहार गर्न सक्षम लामो दूरीको क्षेप्यास्त्रहरू पनि समावेश छन् । २०१९ मा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग किमको वार्ता कुनै सम्झौता बिना नै सकिएको थियो । तर अब किमले अमेरिकाले पूर्ण आणविक निशस्त्रीकरणको सर्त त्याग्यो भने, फेरि वार्ताको लागि तयार रहेको बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    काठमाडौं । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा चीनको सबैभन्दा उन्नत विमानवाहक जहाज फुजियानले सेवा दिन शुरु गरेको छ । फुजियान चीनको तेस्रो युद्धपोत हो, जसमा इलेक्ट्रोम्याग्नेटिक…

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरू मध्ये एक जेम्स वाटसनको निधन भएको छ । उनी ९७ वर्षका थिए । अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । डीएनए…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 18 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 23 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 27 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 22 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 30 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट