दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ३० श्रावण । उपकार सेवा नेपालको सम्पूर्ण सहयोगमा बिरगंज महानगरपालिका वार्ड नं. १४, चिनीमिल स्थित आशा किरण केन्द्रमा शारीरिक अपाङ्गता तथा सुस्त मनस्थितिका ३८ जना बालबिकास देखी कक्षा ३ सम्म अधय्यनरत बालबालिकाहरुको स्वास्थ्यलाई ख्याल गर्दै २ थान व्हीलचेयर केन्द्रको प्राङ्गणमा आज एक कार्यक्रम बिच वितरण गरिएको छ ।
सो कार्यक्रममा संस्थाको अध्यक्ष विद्या कुमारी सरावगीले आशा किरण केन्द्रको संयोजक नुतन सरावगी तथा सह-संयोजक अफसाना खाँ तथा शिक्षक शिक्षिका बिद्यार्थी भाई बहिनिहरु तथा भद्र भलादमि को उपस्थितिमा हस्तान्तरण गरिएको थियो भने सो कार्यक्रममा संस्थाको तर्फबाट सदस्य सुमन बगेडिया समेतको उपस्थिति रहेको कुरा समाज सेवी प्रकाश थारू ले बताएका छन् ।