दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १७ भदौ । उपकार सेवा नेपाल द्वारा आज बिरगंज माहानगर पालिका वडा नं. ११, रानीघाट नयाँ बस्ती बस्ने राम प्रसाद अधिकारीको छोरा अंदाजी वर्ष १३ को माधव अधिकारी लाई शारीरिक अपांगता भएको हुनाले एक थान व्हील चेयर निज कै निवास मै पुगि एक कार्यक्रम बीच सहयोग प्रदान गरिएको छ ।
उक्त कार्यक्रममा उपकार सेवा नेपाल संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगी सदस्य ,अँकुर शर्मा समाज सेवी पन्नालाल पटेल राज प्रसाद सिंह लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको कुरा समाज सेवी प्रकाश थारू ले कालो झोला लाई बताएका छन् ।