उपचारमा एन्फाबाट सहयोग नपाएपछि साम्बाको आमजनतासँग सहयोगको याचना

 राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारका लागि आम जनताको सहयोग मागेकी छन् ।

सावित्राले आफ्नो इन्जुरीको उपचार गर्न सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शल्यक्रियाका लागि सहयोगको अपिल गरेकी हुन् ।

उनले भनेकी छन्- ‘पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा पूर्ण व्यवस्थापन र सहयोग थियो, जसका कारण म समयमा मैदानमा फर्कन सकें । तर यसपटक एन्फा नेतृत्वबाट वाचा गरिएको सहयोग पनि प्राप्त भएन । चोट लागेको तीन हप्तापछि क्लबले शल्यक्रिया मिति तोकेको भए पनि एन्फाबाट प्रक्रिया अघि बढेन ।’

सावित्राले अगाडी भनेकी छन्- ‘अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । वहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ । यसबीचमा क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको छ ।  तर मेरो चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले मैले पुन: सोहि अस्पतालमा उपचार गराउने इच्छा राखेको हुँ । क्लबले विमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिने भएको छ ।  तर उक्त रकम मेरो शल्यक्रिया र ७-८ महिना रिह्याबका लागि अपुग हुने भएकाले आम समर्थकमाझ सहयोग माग्न आइपुगेको छु । यसका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आँकलन रहेको छ ।’

सावित्राले उनको चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले उनी त्यही अस्पतालमा पुनः उपचार गराउन चाहेको बताएकी छन् ।

सावित्राले आफ्नो करियरको चुनौतीपूर्ण समयमा पनि साहसका साथ कठिनाइहरूको सामना गर्दै आएको उल्लेख गर्दै, यसपटक पुनः माथि उठ्न आम जनताको सहयोगको आवश्यकता रहेको बताइन् । उनले भनेकी छन्- ‘म आफ्नो देशको लागि सधैं शतप्रतिशत दिने प्रयास गर्दै आएको छु । इजरायल होस् या फ्रान्स, मैले नेपालकै नाम राखेको महसुस गरेको छु । आज मैले आफ्नो व्यक्तिगत आम्दानी प्रयोग गरेर उपचार गर्नुपर्ने अवस्था आएको छ, त्यसैले सहयोगको अपिल गर्दैछु ।’

सावित्राको यो अपिलले खेल प्रेमी र आम नागरिकलाई उनको उपचारमा हातेमालो गर्न उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ । उनले यो चोटले आफुलाई शारीरिक र मानसिक रुपमा थकाएको तर नहारेको बताएकी छन् ।

  • Related Posts

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलामाथि दुई खेल टचलाइन प्रतिबन्ध लगाइएको छ । घरेलु सिजनमा छैटौँ पहेँलो कार्ड पाएपछि उनलाई यस्तो कारबाही गरिएको हो । एफए कपमा न्यूक्यासलविरुद्ध भएको खेलका…

    न्युजिल्याण्ड क्रिकेट: विगतदेखि वर्तमानसम्म

    न्युजिल्याण्ड टी-२० विश्वकपमा आज भारतको सामना गर्दैछ ।  २०२१ मा उपविजेता बनेको न्यूजिल्याण्ड टी-२० विश्वकपको फाइनलमा दोस्रो पटक खेल्दैछ ।  यस रिपोर्टमा न्युजिल्याण्ड क्रिकेटको इतिहास र सफलता बारे चर्चा गर्दैछौँ…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 11 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 15 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो