उपभोक्ता मूल्य सूचकांक गणनाका आधार वर्ष फेरियो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांक गणनाको आधार वर्ष फेरेको छ । आर्थिक वर्ष २०८०/८१ लाई आधार वर्ष मानेर राष्ट्र बैंकले आधार वर्ष फेरेको हो ।

नयाँ मूल्य सूचकांकमा एक सय ३६ नयाँ वस्तु थपिएको छ । राष्ट्र बैंकले आज पत्रकार सम्मेलन गरेर नयाँ सूचकांक अनुसार पाँच सय २५ वस्तु कायम रहने जानकारी गराएको हो । यस अघि राष्ट्रबैंकले आर्थिक वर्ष २०७०/७१ लाई आधार मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्दै आएको थियो । राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले नयाँ मूल्य सूचकांकमा राष्ट्र बैंकको प्रयोगमा नआएका एक सय छ वस्तु हटाएर एक सय ३६ नयाँ वस्तु थप गरिएको जानकारी दिए।

निर्देशक भट्टले भने “यसअघि उपभोक्ता मूल्य सूचकांकको बास्केटमा ४८० वस्तु रहेको थियो, अब नयाँ सूचकांकमा ५२५ वस्तु कायम गरिएको छ ।” उनले अब कतिपय वस्तुहरूका समूहसमेत परिवर्तन गरिएको जानकारी दिए।

नयाँ मूल्य सूचकांकले नेपालको मुद्रास्फीति थप अनुमानयोग्य हुने भन्दै उनले अनुसन्धानकर्ता तथा यसको प्रयोगकर्ताका लागि उपयोगी हुने दाबी गरे । राष्ट्र बैंकले राष्ट्रिय तथ्यांक कार्यालय र त्रिभुवन विश्वविद्यालयको तथ्यांक विभागको सहयोगमा १० वर्षअगाडिको पुरानो सर्वेक्षणलाई हटाएर नयाँ मूल्य सूचकांक सार्वजनिक गरौँ भनेको निर्देशक भट्टले बताए। नयाँ मूल्य सूचकांक सार्वजनिक भएपछि तथ्यांकलाई थप पारदर्शी र यथार्थपरक बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।

गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीतिको तथ्यांक र बजारको महँगी मेल नखाने गरेको गुनासोलाई सम्बोधन गर्नका लागि नयाँ तथ्यांकले सहयोग गर्ने विश्वास व्यक्त गरे। “नेपाली बजारका वस्तुको मूल्यमा भएको परिवर्तन र राष्ट्र बैंकले सार्वजनिक गर्ने तथ्यांक नमिल्ने भन्ने गुनासो आउनु स्वाभाविक हो, कहिलेकाहीँ कुनै घटनाले तथ्यांकअनुसार मूल्य मिल्दैन,” उनले भने “जस्तो केही कारण काठमाडौँ छिर्ने मालवाहक सवारी साधन रोकियो कुनै पनि सामानको मूल्य बढ्न गई त्यसको ‘रिफलेक्सन’ राष्ट्र बैंकको तथ्यांकमा देखिँदैन ।”

  • Related Posts

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    मुना न्यौपाने काठमाडौँ, फागुन २ गते । नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन जारी छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि हालका…

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    मुनामदन सिलवालकाठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ७ मैजुबहालमा अवस्थित कुमारी मन्दिर अवस्थित छ । प्रत्येक वर्षझै यस पर्व पनि स्थानीयबासीहरुको सक्रियतामा पूजाअर्चना भव्यताका साथ सम्पन्न भएको छ । यसैसात…

    पहिलो

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 40 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 4 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 20 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    • February 13, 2025
    • 46 views
    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु उच्च अदालतद्वारा आदेश जारी

    • February 13, 2025
    • 32 views

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    • February 13, 2025
    • 29 views