उप प्रमुख आलम द्वारा ईलेक्ट्रिक कारको शो रुम को समुदघाट्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २१ असोज । बीरगंजमा एम. ए. डब्ल्यु. ग्रुपको फोटोन ईलेक्ट्रिक कारको शो रुमको उदघाटन भएको छ । बिरगंज महानगरपालिका वडा नं.१२ मुर्ली स्थित ईलेक्ट्रिक कारको शो रुमको ओपनिङ्ग भएको हो । बिरगंज महानगरका उप प्रमुख इम्तियाज आलमले एक कार्यक्रम बीच फिता काटेर उदघाटन गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख आलमले भने ईलेक्ट्रिक कार खरिद गर्न बिरगंज भन्दा बाहिर जानुपर्ने अवस्था रहेकोमा अब ईलेक्ट्रिक कारको शोरुम बिरगंज मै खुलेकोले खुशी ब्यक्त गरे ।

उनले सोमबार उदघाटन गर्दै ईलेक्ट्रिक कारको प्रयोगदेखि बिक्री वितरणले नागरिक देखि ब्यापारी दुबैलाई फाइदा रहेको बताए । शोरुममा अहिले १० र १५ सिट भएको फोटोन दुईवटा मोडलको कार उपलब्ध छ । दशैंको बेला भएकोले शोरुम खुल्नुभन्दा अघि नै कारको बुकिङ समेत भएको शोरुमका अधिकारिक बिक्रेता का सन्चालक सदिक समानी ले जानकारि दिनु भयो ।

त्यस्तै १५ सिट भएको कार एकपटक चार्ज गरेपछि २ सय ३५ किलोमिटर सम्म चलाउन सकिन्छ । कारमा तीन लाख किलोमिटर र पाँच वर्षको वारेन्टी हुनुका साथै २० प्रतिशत डाउन पेमेन्टमा फाईनान्सको पनि सुबिधा रहेको जानकारी समेत गराउनु भयो । हरेक सिट फोल्डिङ भएको तथा एसीको पनि सुबिधा रहेको छ ।

पछिल्लो समय पेट्रोलियम पदार्थ डिजेल र पेट्रोल महगो हुदै गएको अवस्थामा इलेक्ट्रिक कार तर्फ ग्राहकहरुको आकर्षण बढन थालेको छ । सो कार्यक्रम को सभापतित्व सो रुम का संचालक सदिक मिया समानी रहनु भएको थियो भने प्रमुख अतिथि मा बिरगंज महानगर पालिका का उप प्रमुख इम्तिया आलम रहनु भएको थियो त्यसै गरि विशिस्ट अतिथिमा नेपाली कांग्रेस का नेता तथा पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, उधोग पति ओमप्रकश सिकारिया, नेजामुदिन समानी, लगायत का अतिथी हरु को सहभगित रहेको थियो ।

  • Related Posts

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ चैत । आज विश्व मुख स्वास्थ्य दिवस । यस वर्षको विश्व मुख स्वास्थ्य दिवसको नारा ‘खुशी मुख खुशी मन’ भन्ने रहेको छ । यस…

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, ०६ चैत । वीरगंजको ड्राइपोर्टदेखि बगही जोड्ने सडकमा कल्भर्ट निर्माणको काम सुरु भएको छ । कल्भर्ट नहुँदा आवतजावतमा समस्या भएको स्थानीयको गुनासोपछि महानगरपालिकाले उक्त सडकमा…

    पहिलो

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    • March 20, 2025
    • 15 views
    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    • March 19, 2025
    • 23 views
    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    • March 18, 2025
    • 48 views
    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    • March 15, 2025
    • 75 views
    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    • March 12, 2025
    • 39 views
    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    • March 11, 2025
    • 34 views
    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-