दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १२ पौष । बिरगंज महानगर पालिका वडा नं.३१, बेलवा मा बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले अनुगमन गर्नु भएका छन् । उप प्रमुख आलम को कोष बाट भइरहेको निर्माण कार्यको स्थगल अनुगमन गनु भएको हो ।
उप प्रमुख आलम ले बेलवा मा सडक ढलान तथा रामजानकी मन्दिर को प्रखाल को निर्माण को अवलोकन गर्नु भएको हो । केही महिना अघि रामजानकी मन्दिर व्यवस्थापन समिती ले उप प्रमुख आलम समक्ष प्रस्ताव राखे पछि उप प्रमुख आलम ले पर्खाल लगाउने प्रतिबद्धता गर्नु भएको थियो । आज सो पर्खाल निर्माण भए पछि त्यहाँ का स्थानीय बासीहरु हर्सित भएका छन ।
बिरगंज महानगर पालिका वडा नं.३१, बेलवा स्थित रहेको रामजानकी मन्दिर व्यवस्थापन समिती ले एक कार्यक्रम को आयोजना गरि उप प्रमुख इम्तियाज आलम को प्रमुख अतिथित्व मा कर्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम मा आफ्नो मन्तव्य को क्रम मा बोल्दै भनेका छन् कि हामी यहाँ का जन्ता को साथ मा छौ। हामी एक आपस मा मिलि जुलि बस्दै आइरहेका छौ । सुख दु:ख साटा साट गर्दै आइरहेका छौ । हामी भाई चारा बनाएर समाज मा बस्दै आइरहेको छौ । म संग हुने रामजानकी मन्दिर लाई सहयोग गर्न जति खेर त्यार रहेको बताउनु भयो ।
कार्यक्रम को सभापतित्व पुर्व गाविस अध्यक्ष जोखन दास रहनु भएको थियो भने अतिथिहरु मा नेपाली कांग्रेस क्षेत्र नं.२ का सचीव हरि यादव, बिरगंज महानगरपालिका वडा नं.३१, बेलवा का वडा अध्यक्ष जितेन्द्र यादव, हैदर अंसारी, शेख अमरुल हसन लगायत स्थानीयहरु को बाकलो उपस्थिति रहेको थियो ।







