ऊर्जामन्त्री घिसिङ र जापानका राजदूत तोरुबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत तोरुले जापानकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

नेपालको आर्थिक तथा सामाजिक विकासका लागि लामो समयदेखिको महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारको रुपमा रहेको जापानका राजदूतसँगको भेटमा जापानले नेपाललाई पुर्याउँदै आएको द्धिपक्षीय अनुदान, ऋण, बहुपक्षीय तथा प्राविधिक सहायता, हाल सञ्चालित आयोजनाको कार्यान्वयन अवस्थालगायतका विषयमा छलफल भएको थियो ।

जापानको सहयोगमा निर्माणाधीन नागढुंगा सुरुङका लागि आवश्यक थप सहायता, विपी राजमार्ग पुनर्निर्माण,१४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाका लागि आवश्यक थप सहायता,कोटेश्वर चोक सुधार, विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि सञ्चालित आयोजनाको प्रगतिलगायतका विषयमा छलफल भएको थियो ।

नेपालको विकास प्राथमिकता प्राप्त क्षेत्रमा जापानको सहायताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै मन्त्री मन्त्री घिसिङले विद्युत क्षेत्रमा रणनीतिक महत्वका ६७० मेगावाटको दूधकोशी, १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना, पूर्वाधार आयोजनाको तयारी, काठमाडौं उपत्यकाको एक सय वर्षको शहरी व्यवस्थापनका लागि एकीकृत गुरुयोजना तयारीलगायतका सम्भावित क्षेत्रमा सहायता उपलब्ध गराउन आग्रह गरे ।

भेटमा राजदूत तोरुले नेपालका रणनीतिम महत्वका ठूला आयोजनामा सहायता उपलब्ध गराउन जापान तयार रहेको उल्लेख गरेका थिए । 

  • Related Posts

    राष्ट्रिय परिचयपत्र भएकाले अनलाइन मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने

    काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र भएकाले अनलाइन मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरेको छ । आयोगले बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सुरु…

    निवर्तमान महानिरीक्षक खापुङलाई विदेश भ्रमण जान रोक

    काठमाडौँ । निवर्तमान महानिरीक्षक चन्द्र कुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ । भदौ २३ र २४ गतेको घटना सम्बन्धि जाँचबुझ आयोगले खापुङलाई आजदेखि लागु हुने गरि कुनै पनि समय…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 70 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 18 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 16 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह