ऊर्जा मन्त्री घिसिङ र युरोपेली सङ्घका राजदूत लोरेन्जोबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत भेरोनिक लोरेन्जाले युरोपेली सङ्घकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन् ।

नेपालको ऊर्जा क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको युरोपेली सङ्घका राजदूतसँगको भेटमा रणनीतिक महत्व तथा रुपान्तरणकारी जलाशययुक्त जलविद्युत आयोजना, हरित ऊर्जा, ऊर्जा सुरक्षा एवम् दक्षता, ऊर्जा क्षेत्रमा थप सहायता लगायतका विषयमा छलफल भएको थियो ।

मन्त्री घिसिङले जेनजीको आन्दोलनपछि गठन भएको सरकारको प्राथमिकता चुनाव, सुशासन र आन्दोलनका कारण क्षति पुगेका भौतिक संरचनाको पुननिर्माण भएता पनि विकास आयोजनालाई अगाडि बढाउन नीतिगत तथा कानूनी सुधार, अन्तरमन्त्रालय समन्वय, विद्युत बजार थप सुनिश्चित गर्नु रहेको बताए ।

युरोपेली सङ्घबाट नेपालको विकासमा उपलब्ध गराइएको सहायताका लागि धन्यवाद दिंदै मन्त्री घिसिङले ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त आयोजना निर्माण उच्च प्राथमिकतामा रहेकाले आयोजनाको वित्तीय व्यवस्थापनका लागि आवश्यक रकम जुटाउन, प्रसारण तथा वितरण प्रणाली सुधारका लागि थप सहायता उपलब्ध गराउन आग्रह गरे । राजदूत लोरेन्जाले नेपालको ऊर्जा क्षेत्रमा थप सहयोग र सहकार्य सहयोग गर्न युरोपेली सङ्घ सँधै तयार रहेको बताइन् ।

  • Related Posts

    विप्लवसहितका नेताहरुले गरे निर्वाचन आयोग पुगेर सनाखत

    काठमाडौँ । नेत्र विक्रम चन्द विप्लवलगायतका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ताको लागि सनाखत गरेका छन् ।  शुक्रबार महासचिव विप्लवसहितका नेताहरु कान्तिपथस्थित आयोग पुगेर दल दर्ता प्रक्रियाको लागि सनाखत गरेका…

    यी हुन् रास्वपाको राजनीतिक प्रतिवेदनमा मुख्य १० बुँदा

    काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु भएको छ । शुक्रबार बिहान शुरु भएको बैठकमा रास्वपाका कार्यवाहक अध्यक्ष डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 19 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 24 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 28 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 23 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 32 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट