काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को आगमनसँगै, यसको सकारात्मक र नकारात्मक परिणामहरूको बारेमा बढ्दो बहस भइरहेको छ । धेरै प्रमुख व्यक्तित्वहरूले यस विषयमा आफ्नो विचार व्यक्त गरेका छन् । अब, एक नोबेल पुरस्कार विजेता अर्थशास्त्रीले एआईमा विशाल क्षमता रहेको बताउदै यसलाई नियन्त्रण गर्नु आवश्यक रहेको धारणा दिएका छन् ।

२०२५ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विजेता क्यानाडाली प्रोफेसर पिटर होविटले एआईलाई नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् ।
होविटले एआई एक उल्लेखनीय प्रविधि भएको बताउदै यसले धेरै क्षेत्रहरूलाई रूपान्तरण गर्न सक्छ, तर यसले उच्च कुशल जागिरहरूलाई पनि हटाउन सक्ने बताएको न्यूजबटले उल्लेख गरेको छ । उनले एआईलाई अनियमित छोडियो भने, यो समाजको लागि हानिकारक हुने चेतावनी पनि दिएका छन् । होविटले यसलाई नियन्त्रण गर्न सरकारहरूले नियमहरू लागू गर्नुपर्ने सुझाव दिएका चाहन । उनले निजी कम्पनीहरूको हित समाजको हितसँग मेल नखाने र त्यसैले नियमहरू आवश्यक रहेको बताएका छन् ।
होविटले आफ्ना सहकर्मी फिलिप एघियनसँग यस बर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए । दुवैले रचनात्मक विनाशको सिद्धान्तमा काम गरेका थिए । यस सिद्धान्त अनुसार, जब नयाँ र सुधारिएको उत्पादन बजारमा प्रवेश गर्छ, पुराना उत्पादनहरू बेच्ने कम्पनीहरू पछाडि पर्छन् । होविटले एआईले पनि त्यस्तै प्रभाव पार्न सक्छ, तर यसले कुन जागिरहरूलाई असर गर्नेछ भन्ने कुरा अझै स्पष्ट छैन । उनले यो बिजुलीको आगमन जस्तै मानव इतिहासको एक प्रमुख क्षण भएको समेत बताएका छन् ।
यस वर्षको तेस्रो नोबेल पुरस्कार अमेरिकी-इजरायली अर्थशास्त्री जोएल मोकिरलाई प्रदान गरिएको थियो । मोकिर ले रोजगारी हटाउनुको सट्टा, एआईले मानिसहरूलाई रोचक र चुनौतीपूर्ण काम प्रदान गर्न सक्ने बताएका छन् । उनले प्राविधिक परिवर्तनहरूले रोजगारी मात्र हटाउँदैन तर नयाँ अवसरहरू पनि सिर्जना गर्ने बताएका छन् । मोकिरले भविष्यमा, जनसंख्या वृद्ध हुँदै गइरहेको र काम गर्ने मानिसहरूको संख्या घट्दै जाँदा रोजगारीको अभाव नहुन सक्ने बरु कामदारहरूको अभाव हुन सक्ने बताएका छन् ।









