एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौँ, २३ असार : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक बस्दै छ । उक्त बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको छ ।

पार्टीको बाँकी पदाधिकारी व्यवस्थापन गर्न कार्यविधि तथा मापदण्ड बनाएर कमिटीलाई पूर्णता दिने, पदाधिकारी चयनलगायत विषयमा निर्णय गरिने सो पार्टीका नेता सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

शनिबार बसेको बैठकले महाधिवेशनबाट पार्टीलाई थप ऊर्जा प्राप्त भएको निष्कर्ष निकालेको थियो । केही नेतालाई प्रदेश प्रमुखको जिम्मेवारी तोक्न खोज्दा विवाद भएपछि बैठक स्थगन गरिएको थियो । भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको क्षमताका आधारमा आवश्यक पदमा मनोनित गरिने विषयमा समेत आजको बैठकमा छलफल गरिने बताइएको छ ।

शुक्रबार सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिव सहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो । पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । हालै सम्पन्न महाधिवेशनले पार्टी अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो ।

  • Related Posts

    आन्तरिक राजश्व कार्यालय, वीरगन्जको पोखरीया बजार मा अनुगमन, अधिकांश पसलहरु बन्द-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०४ फागुन । पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा चिनिने पोखरीया नगरपालिका बजार क्षेत्रमा आन्तरिक राजश्व कार्यालय, वीरगन्ज ले अनुगमन गरेको छ । अनुगमनको क्रममा पोखरिया…

    बीरगंज मा स्रोत नखुलेको दश लाख नगद सहित एक जना भारतिय पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०४ फागुन । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा आज दिउँसो करिब १२:३० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. ०८, लिंक रोड बाट…

    पहिलो

    आन्तरिक राजश्व कार्यालय, वीरगन्जको पोखरीया बजार मा अनुगमन, अधिकांश पसलहरु बन्द-

    • February 16, 2025
    • 68 views
    आन्तरिक राजश्व कार्यालय, वीरगन्जको पोखरीया बजार मा अनुगमन, अधिकांश पसलहरु बन्द-

    बीरगंज मा स्रोत नखुलेको दश लाख नगद सहित एक जना भारतिय पक्राउ-

    • February 16, 2025
    • 48 views
    बीरगंज मा स्रोत नखुलेको दश लाख नगद सहित  एक जना भारतिय पक्राउ-

    प्याव्सन द्वारा आयोजित अन्तर विद्यालय प्रथम महिला क्रिकेट प्रतियोगिता शुरु-

    • February 15, 2025
    • 49 views
    प्याव्सन द्वारा आयोजित अन्तर विद्यालय प्रथम महिला क्रिकेट प्रतियोगिता शुरु-

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 53 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 18 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 39 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-