एक करोड बढीको लगानीमा बाख्रापालन

गलकोट (बागलुङ) । केही वर्षअघिसम्म काठेखोला गाउँपालिका-५ कर्लिममा १८० घर थिए । बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ ।

यहाँका अधिकांश मानिस रोजगारीका लागि जापान गएका छन् भने बसाइँ सरेर चितवन पुगेका छन् । चौध वर्ष जापानमा काम गरेका एक युवक भने हाल गाउँमा बाख्रापालनमा व्यस्त छन् ।

काठेखोला-५ कर्लिमका ४८ वर्षीय प्रेम कँडेलले ठूलाघरे बाख्रा फार्म खोलेर तीन सय ५० पालेका छन् । उनले २०७९ साउनदेखि ८३ बाख्राबाट राखेर बाख्रापालन सुरु गरेका हुन् ।

फार्ममा रु एक करोड ३५ लाख लगानी गरेका उनले त्यसका लागि एक हजार चार सय रोपनी बाँझो जग्गालाई प्रयोग गरेका छन् । उनको बाख्रा फार्ममा ८० वटा बोका बिक्रीयोग्य छन् ।

  • Related Posts

    नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत

    काठमाडौं । सुन्दापनि मुटु चर्किने अपराधका समाचार प्रस्तुत गर्नुपर्दा मन नै भारी हुन्छ । क्यानडाको ओन्टारियोमा नेपाली चेली सामूहीक बलात्कृत भएकी छिन् । त्योपनि तिहारमा भाइटीका लगाउँदै आएको दाजुसहितकै समूहबाट…

    चिसोले श्वासप्रश्वासका बिरामी बढे

    महोत्तरी, ९ माघः निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । जिल्लाका सबै भेगमा बिरामी बढेका स्थानीय अस्पतालले जनाएका छन् । सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ ।…

    पहिलो

    नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत

    • January 22, 2025
    • 2 views

    चीनमा शहरी रोजगारीमा वृद्धि

    • January 22, 2025
    • 11 views
    चीनमा शहरी रोजगारीमा  वृद्धि

    पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

    • January 22, 2025
    • 11 views
    पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

    चिसोले श्वासप्रश्वासका बिरामी बढे

    • January 22, 2025
    • 9 views
    चिसोले  श्वासप्रश्वासका बिरामी बढे

    दुई सय १३ जना पक्राउ

    • January 22, 2025
    • 9 views
    दुई सय १३ जना पक्राउ

    खुर्सानीको बेर्ना

    • January 22, 2025
    • 9 views
    खुर्सानीको बेर्ना