एक किलो अवैध लागुऔषध कोकिनसहित दुई विदेशी पक्राउ

काठमाडौँ, ३ साउनः लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले एक किलो एक सय ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षीय फहिमुद्दिननासिमुद्दिन अन्सारी तथा नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला रहेका लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कतार एअरलाइन्सबाट यही साउन १ गते नेपाल आएका नाइजेरियन नागरिक ओबोडोइफुलाले ल्याएको उक्त कोकिनसहित भारतीय नाकगरिक अन्सारीलाई ठमेलबाट पक्राउ गरिएको हो ।” उक्त कोकिन लिएर आएका नाइजेरियन नागरिक ओबोडोइफुलालाई पनि काठमाडौँको पिङ्गलास्थानबाट पक्राउ गरिएको प्रमुख आचार्यले बताउनुभयो । उक्त कोकिन लिन आएका अन्सारी इन्डिगो एअरलाइन्ससबाट मुम्बई हुँदै काठमाडौँ आएका खुल्नमा आएको ब्यूरोले जनाएको छ । उक्त कोकिन क्याप्सुल बनाएर ज्याकेटमा लुकाएर कतारदेखि ल्याएको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही हुने ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले बताउनुभयो ।

  • Related Posts

    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०२ चैत । सशस्त्र प्रहरी बल नेपाल, बी. ओ. पी. ड्राई पोर्ट ले आज बिहान करिब ०८:५० बजेको समयमा बीरगंज महानगरपालिका-२५, खल्वा टोलको रेल लिग…

    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ फागुन । नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रम सम्पन्न भएको छ । रंग र उमंगको चाड होलीलाई अवसरका रूपमा उपयोग गर्दै कलेजले विशेष…

    पहिलो

    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    • March 15, 2025
    • 59 views
    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    • March 12, 2025
    • 37 views
    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    • March 11, 2025
    • 31 views
    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    जिल्ला प्रहरी कार्यालय, मकवानपुर को मुद्दा शाखा मा प्रहरी हवल्दार जयसवार को एकलौटी शासन, पैसा न दिए सम्म कुनै फाइल नछुने श्रोतको दावी-

    • March 11, 2025
    • 60 views
    जिल्ला प्रहरी कार्यालय, मकवानपुर को मुद्दा शाखा मा प्रहरी हवल्दार जयसवार को एकलौटी शासन, पैसा न दिए सम्म कुनै फाइल नछुने श्रोतको दावी-

    पर्सा मा चरेस सहित तीन जना मानिस पक्राउ-

    • March 9, 2025
    • 22 views
    पर्सा मा चरेस सहित तीन जना मानिस पक्राउ-

    मुस्लिम कैदीबन्दीहरुलाई इफ्तारी गर्न मेयर सिंह द्वारा खाद्यान्न सामग्री सहयोग-

    • March 9, 2025
    • 41 views
    मुस्लिम कैदीबन्दीहरुलाई इफ्तारी गर्न मेयर सिंह द्वारा खाद्यान्न सामग्री सहयोग-