
दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, ०८ श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्साले एक ४ वर्षिय बालिका लाई करणी गरि कर्तव्य ज्यान को अभियोगमा एक १२ वर्षिय बालक सहित ३ जनालाई आफ्नो नियन्त्रणमा लिएको छ ।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्की का अनुसार ति बालिका शुक्रबार वेलुका ०७:०० बजे देखि हराइरहेको भन्ने निवेदन बालिकाको हजुरबुवाले यस कार्यालयमा दिएकोमा शनिबार विहान ०७;०० बजे पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २ छप्कैया स्थित खाली जग्गाको झाडीमा उक्त हराइरहेकी ४ वर्षीया वालिकाको मृत शव फेला परेकोमा अनुसन्धानको क्रममा १२ वर्षीय वालक संलग्न रहेको भन्ने खुलेको र निजसंग प्रारम्भिक सोधपुछको क्रममा निज वालक तथा अन्य ३ जना समेतको संलग्नतामा उक्त हराएकी वालिकालाई सामूहीक जबरजस्ती करणी पश्चात कर्तव्य गरी मारेको भनी खुलाएको हुँदा अन्य सलंग्न ३ जनाको खोजतलास गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नं. २ बस्ने वर्ष १९ को जफ्रुदीन भन्ने सलमान खानलाई वडा नं.२ कै घुसुकपुर बाट पक्राउ गरिएको र वडा नं. १६ बस्ने वर्ष १८ को सलमान खानलाई वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा स्थित सडकखण्डबाट पक्राउ गरी ल्याइएको तथा मृतक ४ वर्षीया वालिकाको शव पोष्टमार्टम पश्चात सदगतको लागि परिवारको जिम्मा लगाइ पठाइएको र पक्राउ आरोपितहरू विरुद्द जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूर मा आईतबार पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भैरहेको कुरा प्रवक्ता कार्की ले बताएका छन् ।
साथै उक्त घटनामा संलग्न फरार आरोपित व्यक्तिको पहिचान भैसकेको हुँदा निजलाई तदारुक्ताका साथ खोजतलास भैरहेको व्यहोरा समेत जानकारी गराएका छन् ।