
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०८ जेष्ठ । पर्सा प्रहरीले शनिबार एक नाले बन्दुक सहित एक जनालाई आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उक्त दिन राति ०७:०० बजेको समयमा पर्साको पर्सागढी नगरपालिका वडा नं. ०९ बस्ने वर्ष २७ को मनोज भन्ने शिबु माझी मुसहरले १२ बोर को एक नाले बन्दुक बोकी बडेर्वा बाट तेलिया टोलतर्फ जाँदै गरेको भन्ने सूचना प्राप्त भई खोजतलास तथा अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय, एकटाँगा र अस्थायी प्रहरी पोष्ट, मनवा बाट संयुक्त टोली खटी गई तेलीया टोल जाने सडक खण्डमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ निज मनोज भन्ने शिबु माझी मुसहरले भाग्दै गरेको अवस्थामा १२ बोरको एक नाले घरेलु बन्दुक सहित निजलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा अनुसन्धान भैरहेको कुरा पर्सा प्रहरीले जनाएको छ ।