दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १० जेष्ठ । पर्साको ठोरी गाउँपालिका वडा नं.५ ठुलो बाघमोर्चा बस्ने वर्ष २३ को प्रविण पाख्रिनलाई जेष्ठ ०६ गते सोही ठाउँमा रहेको बाघमोर्चा मन्दिरको छेउमा अज्ञात व्यक्तिहरूले ढुंगाले टाउँको र अनुहार समेतमा प्रहार गरी प्रविण पाख्रिनको मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा एक जना १७ बर्षीय किशोरलाई जेष्ठ ०७ गते नियन्त्रणमा लिई ज्यान सम्बन्धी कसूरमा अनुसन्धान भैरहेकोमा उक्त घटनामा सलंग्न भई फरार रहेका पर्सा कै ठोरी गाउँपालिका वडा नं.५ ठुलो बाघमोर्चा बस्ने बर्ष २२ को सरोज र बीरगंज महानगरपालिका वडा नं. ३२ रामबन बस्ने बर्ष २० को किशन लोप्चन लाई सोमबार दिउँसो करिब ०३:०० बजेको समयमा काठमाण्डौ महानगरपालिका वडा नं.३ महाराजगञ्ज बाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याई अनुसन्धान भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले मंगलबार बताएका छन् ।