एजेन्ट संघले निर्माण गरेको महावीर मन्दिर तथा संघ सचिवालयको समुद्घाटन सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १७ मंसिर । बीरगँज भन्सार एजेन्ट सँघ, पर्साले निर्माण गरेको महावीर मन्दिर र एजेन्ट सँघको सचिवालयको समुद्घाटन सम्पन्न भएको छ ।

आज एक कार्यक्रमको बिच बीरगँज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक बिष्णु प्रसाद ज्ञवाली र बीरगँज भन्सार एजेन्ट सँघ, पर्साका अध्यक्ष राजमान तामाङ्गले सँयुक्त रूपमा समुद्घाटन सम्पन्न गरेका छन् ।

आयोजित समारोहमा संघका सँस्थापक अध्यक्ष उमेश शर्मा, बरिष्ठ सल्लाहकार दामोदर राठी, पुर्व उपाध्यक्ष निर्मल प्रसाद कुर्मी, वीरगँज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अर्जुन न्यौपाने, ललिता ज्ञवाली, काजीबाबु कोईराला, नेपाल ईन्टरमोडल यातायात बिकास समितिका कार्यालय प्रमुख कमल ज्ञवाली, टि.आर.एस. हिमालय लोजिपार्क प्रा.लि. का प्रमुख गणेश अर्याल, सिर्सिया प्रहरी चौकीका प्रमुख श्याम यादव, एभरेष्ट बैक आई.सि.डी.का सम्पुर्ण महर्जन, एल.पी.आई. भारतका मेनेजर राजिव रन्जन र सिप्रदी कम्पनीका प्रतिनिधि प्रार्थ बिक्रम राणा लगायत एजेन्ट सँघका पदाधिकारी एवम भन्सार एजेन्ट र सहायक कर्मचारीहरुको सहभागिता रहेको थियो ।

समुद्घाटनको एक दिन अगाडि मंगलबारको दिन हनुमान् आराधना सहित मूर्तिको प्राण प्रतिष्ठा गरिएको थियो । गत साल असोज १७ गते आई. सी. पी. मा शिलान्यास भएको मन्दिर निर्माणको लागत खर्च रु. २५ लाख भएको आयोजकले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    काठमाडौँ । चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन…

    पहिलो

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 7 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 14 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 15 views

    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    • January 15, 2026
    • 14 views
    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय

    • January 15, 2026
    • 6 views
    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय