एनआरएनएको विधानअनुसार नै निर्वाचन सम्पन्न गर्न परराष्ट्र मन्त्रालयको निर्देशन

 गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च महिना दोस्रो साता हुने निर्वाचन संस्थाको विधानअनुसार नै सम्पन्न गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ ।

एनआरएनएको निर्वाचन मोडालिटीबारे छलफल गर्न परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री बालानन्द शर्माले विधानमै स्पष्ट लेखिएकोले सोही अनुसार निर्वाचनमा जानुपर्ने बताएका हुन् ।

उनले भने- ‘यदि हामीले कुनै पनि काम गर्ने हो भने, त्यसलाई नियम र प्रक्रियाभित्र बसेर गर्नुपर्छ। हामी फुटबल खेल्छौँ भने फुटबलको नियम मान्नुपर्छ, भलिबल खेल्ने हो भने भलिबलको नियम मान्नुपर्छ। अब हामी एनआरएन चलाइरहेका छौँ भने यसको विधान र प्रक्रिया मान्नैपर्छ। मान्न सकिँदैन भने आलोचना गर्नुपर्छ, तर आलोचना पनि विधि र मर्यादाभित्र हुनुपर्छ । यही सामान्य बुझाइ हो ।’

उनले अगाडी भने- ‘अनलाइन मतदान किन गरियो? प्रत्यक्ष सहभागिता किन आवश्यक भयो ? भन्ने विषय विधान बनाउने बेलामै स्पष्ट गरिएको रहेछ। अब एकताको खोजीमा विभाजन भयो भने त्यसलाई पनि नियमभित्रै समाधान गर्नुपर्छ । अब तपाईँहरूको विधानमै महाधिवेशन तथा साधारण सभा अनलाइन अथवा भौतिक रूपमा उपस्थित भई गर्न सकिनेछ, भौतिक रूपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरूको लागि अनलाइनमार्फत साधारण सभामा भाग लिन र निर्वाचनमा मतदानको व्यवस्था गर्नुपर्नेछ भनेर स्पष्ट उल्लेख गरिएको रहेछ। त्यसैले अहिलेको लागि त्यो नियम भनेको त्यही हो, जसअनुसार सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा १० बुँदे सहमति गरिएको छ र  सहमतिमा त्यही विधान अनुसार गर्ने भनिएको छ। यसर्थ, परराष्ट्र मन्त्रालयको भूमिका भनेको सहजीकरण गर्नु मात्र हो, र त्यो काम मन्त्रालयले गरिरहेको छ ।

मन्त्री शर्माले आफू व्यक्तिगत रूपमा भौतिक उपस्थितिमै निर्वाचन होस् भन्ने चाहना राखे पनि विदेशमा रहेका नेपालीलाई निर्वाचन प्रक्रियामा सहभागी गराउनुपर्ने वैधानिक व्यवस्था रहेकाले सोही अनुसार गर्नुपर्ने उल्लेख गर्नुभयो। लोकतान्त्रिक प्रक्रिया नमान्नु भनेको आफ्नै असफलता प्रदर्शन गर्नु सरह हुने उनको भनाइ थियो ।

मन्त्री शर्माले एनआरएनएको १२औँ महाधिवेशन सफल बनाउन सरकारको तर्फबाट आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

  • Related Posts

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकस्थित ईन्द्रेणी तालमा पुगेर मोटरबोट चढेका छन् ।  मंगलबार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा-५ उम्मेदवार समेत रहेका ओली दमकका मतदातासँग भेट गर्ने…

    पहिलो पार्टी बन्ने नेकपाको दाबि

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर प्रवक्ता अग्नि सापकोटाले पार्टी निर्वाचनमा पहिलो…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 12 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 12 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 9 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 11 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 12 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 17 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ