एनएमसी कलेज र कर्मचारी संचय कोषका बीच सम्झौता-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगन्ज, २५ चैत । वीरगन्जको नेशनल मेडिकल (एनएमसी) कलेज शिक्षण अस्पताल र कर्मचारी सञ्चय कोषका बीच कर्मचारी सञ्चय कोष ऐन २०१९ अनुसार सम्झौता भएको छ । कोषको सामाजिक सुरक्षा योजना सञ्चालन विनियम २०८० अन्तर्गत सञ्चयकर्ता स्वास्थ्य उपचार योजना बमोजिम पनि यो सम्झौता भएको पाइएको हो ।

सञ्चयकर्ता स्वास्थ्य उपचार योजना बमोजिम कोषका सञ्चयकर्तालाई औषधी उपचारमा सहजीकरण गर्ने उद्देश्यले यो सम्झौता गरिएको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका मेनेजिङ डाइरेक्टर (एमडी) शहनाज अन्सारीले बताए । सञ्चय कर्ताले सुविधा दावी गर्दा पेश गरेका अस्पताल सँग सम्बन्धीत कागजात, बिल वा अन्य कुनै पनि बिषयमा कोषबाट थप अध्ययन गर्न आवश्यक परेमा अस्पताले पूर्ण सहयोग गर्ने, सम्झौता गरेवापत कोषले अस्पताललाई तथा अस्पतालले कोषलाई कुनै शुल्क, कमिशन लगायत आर्थिक व्यय भार हुने कार्य नगर्ने, अस्पतालले सञ्चयकर्तासँग यस योजनामा सिफारिस वा सहजीकरण गरेवापतको कुनै शुल्क वा कमिशन नलिने जस्ता विभिन्न ८ वटा बुँदामा दुवै पक्षका बीच सहमति भएको उनको भनाइ छ ।

सामाजिक सुरक्षा योजना सञ्चालन विनिमय २०८० अन्तर्गत सञ्चयकर्ता स्वास्थ्य उपचार योजनाको प्रभावकारी कार्यान्वयन गर्ने र सञ्चयकर्तालाई स्वास्थ्य उपचार खर्च सोधभर्ना उपलब्ध गराउने प्रयोजनको लागि आवश्यक बिल भौचर र अन्य प्रमाण साथै उक्त प्रक्रियामा सहजीकरण गर्नु कोष र अस्पताल बीचको सम्झौताको साझा उद्देश्य रहेको पाइएको छ ।

सम्झौतामा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका तर्फ बाट एमडी अन्सारी र कोषको तर्फबाट कोषको हेटौडा शाखाको कार्यालय प्रमुख डा.दिलिपराज पौडेलले हस्ताक्षर गरेका छन् । सो क्रममा शाखा कार्यालय हेटौडाका सहायक प्रवन्धक सन्तोष बहादुर चन्द र कलेजका सि.ऐ .मौजेलाल कुमार सहनी रहेका थिए ।

त्यसै गरी हेटौडाका अशिष्टेन्ट मेनेजर निशा दहाल र सुबोध बहादुर चन्द लगायतको पनि सशभागिता रहेको थियो । सम्झौता नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा नै भएको कलेजका प्रेस सल्लाहकार आसिक अन्सारीले जानकारी दिनु भयो ।

  • Bishnu Timalsina

    Related Posts

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    दीपेन्द्र प्रजापति/कालो झोला। वीरगंज, २६, असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 127 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-