एनपीएलमा लुम्बिनीको विजयी शुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले विजयी शुरुवात गरेको छ । विहिबार सम्पन्न खेलमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।

चितवनले दिएको १४३ रनको लक्ष्य पछाएको लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । लुम्बिनीका लागि गुलबदीन नैबले अविजित ४४ रन बनाए भने कप्तान रोहित पौडेलले ३९ रन बनाए भने सन्दीप जोराले २८ रन बनआएका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाउदै १४२ रन बनाएको थियो । चितवनका लागि रवि बोपाराले सर्बाधिक ६६ रन बनाएका थिए भने कप्तान कुशल मल्लले २१, सैफ जैबले १५ र देव खनालले १४ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यानले ३ विकेट लिएका थिए भने अभिषेक गौतम र गुलबदीन नैबले २-२ विकेट लिएका थिए ।

यो लुम्बिनीको पहिलो खेलमा पहिलो जित हो भने चितवनको भने दोस्रो खेलमा यो पहिलो हार हो ।

अब एनपीएल अन्तर्गत शुक्रबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुदैछ ।

  • Related Posts

    आइपिएलको मिनी अक्सन आज हुदै

    काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औं सिजनको लागि मिनी अक्सन आज हुदै छ । युएईको आबुधाबीमा हुने यो अक्सन नेपाली समय अनुसार आज दिउसो २: ४५ बजेदेखि शुरु हुने…

    बोर्नमाउथसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

    काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड बोर्नमाउथसँग बराबरीमा रोकिएको छ ।  गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र बोर्नमाउथ ४-४ गोलको बराबरीमा रोकिएका हुन् ।  म्यानचेस्टर युनाइटेडका लागिअमाद डियाल्लो,…

    पहिलो

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    • December 16, 2025
    • 105 views
    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    • December 16, 2025
    • 15 views
    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    • December 16, 2025
    • 18 views
    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    • December 16, 2025
    • 21 views
    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    • December 16, 2025
    • 17 views
    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो

    • December 16, 2025
    • 18 views
    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो