एनपीएलमा सट्टाबाजीमा संलग्न आठ भारतीय नागरिक पक्राउ

काठमाडौं । एनपीएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ८ जना भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने भारत आन्द्रा प्रदेश प्रकासम पामुर गाउँ घर भएका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन् ।

नेपाल क्रिकेट एशोसियसन (क्यान) द्धारा मंसिर १ गते देखि मंसिर २७ गते सम्म सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संकरणको क्रिकेट प्रतियोगितामा सहभागी भई बेताकुलर डट लाइभ नामक अनलाइन बेटिङ साइटबाट खेल हारजित हुने गरी रकम लगानी गरी सट्टाबाजी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ बल्खुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई सट्टाबाजी गर्न गराउन नहुने कसुरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

  • Related Posts

    मनाङको थोचे केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प

    काठमाडौं । मनाङको थोचे केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ । आइतबार अपराहन्न १२ बजे ५४ मिनेट जादा मनाङको थोचे आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको…

    काठमाडौँको डल्लुमा जुवातास खेलिरहेका ६ जना पक्राउ

    काठमाडौँ । काठमाडौं महानगरपालिका-१५ डल्लु डेरा गरी बस्ने रौतहट वृन्दाबन नगरपालिका-६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रौतहट राजपुर नगरपालिका-४ घर भएका २१…

    पहिलो

    मन्त्री सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी

    • December 14, 2025
    • 9 views
    मन्त्री सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी

    एमालेको बन्द सत्र शुरु

    • December 14, 2025
    • 8 views
    एमालेको बन्द सत्र शुरु

    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    • December 14, 2025
    • 2 views
    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    • December 14, 2025
    • 11 views
    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    • December 14, 2025
    • 12 views
    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    • December 14, 2025
    • 9 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक