एपस्टाइन प्रकरणको अनुसन्धानमा सहयोग गर्न बकिङ्घम प्यालेस तयार

एपस्टाइन प्रकरणसँग सम्बन्धित नयाँ खुलासापछि बेलायतका राजा चार्ल्स तृतीयले पहिलोपटक प्रतिक्रिया दिएका छन् । उनका भाइ एन्ड्र्यू माउन्टब्याटन विन्डसरविरुद्ध उठेका आरोपबारे अनुसन्धान गर्न प्रहरीले अनुरोध गरेमा बकिङ्घम प्यालेस सहयोग गर्न तयार रहेको उनले बताएका हुन् ।

प्यालेसका प्रवक्ताका अनुसार, राजाले एन्ड्र्यूसम्बन्धी आरोपहरूप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् र पीडितहरूप्रति सहानुभूति प्रकट गरेका छन् । यद्यपि आरोपहरूको जवाफ एन्ड्र्यूले नै दिनुपर्ने स्पष्ट गरिएको छ ।

हालै सार्वजनिक एपस्टाइन फाइलहरूमा एन्ड्र्यूले गोप्य भ्रमण प्रतिवेदन र लगानीसम्बन्धी जानकारी एपस्टाइनलाई पठाएको देखिन्छ। एन्ड्र्यूले सबै आरोप अस्वीकार गर्दै आएका छन् र फाइलमा नाम आउनु मात्र दुराचारको प्रमाण नहुने बताइएको छ ।

यसैबीच सोमबार राजा चार्ल्स क्लिथेरो भ्रमणमा रहँदा एक व्यक्तिले ‘एन्ड्र्यूबारे तपाईंलाई कहिलेदेखि थाहा थियो ?’ भनेर प्रश्न गरेका थिए । उक्त व्यक्तिलाई भीडले हुटिङ गरेको थियो ।

बकिङ्घम प्यालेसको यो वक्तव्य यसअघि प्रिन्स तथा प्रिन्सेस अफ वेल्सका प्रवक्ताबाट आएको वक्तव्यपछि आएको हो, जसमा उनीहरूले एपस्टाइनसम्बन्धी पछिल्ला खुलासाप्रति गहिरो चिन्ता व्यक्त गर्दै पीडितहरूप्रति ध्यान केन्द्रित रहेको बताएका थिए ।

गत साता एन्ड्र्यूलाई यस अघि भनिएको भन्दा छिटो विन्डसरस्थित रोयल लजबाट राजाको निजी सम्पत्ति स्यान्ड्रिङ्घममा सारिएको थियो । सन् २०२५ अक्टोबरमा एपस्टाइनसँगको सम्बन्धबारे अघिल्लो चरणका खुलासापछि उनलाई राजकुमार र ड्युकका उपाधिबाट वञ्चित गरिएको थियो ।

  • Related Posts

    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    चीनले इरानलाई दुई लाख अमेरिकी डलर सहयोग दिने घोषणा गरेको छ । चीनले दिएको यो रकम युद्धमा मृत्यु भएका विद्यार्थीका अभिभावकको सहयोगका लागि दिने जानकारी दिएको छ । चीनको विदेश…

    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    इराकमा दुर्घटनाग्रस्त अमेरिकी इन्धन आपूर्ति विमानमा सवार चार सैनिकको मृत्यु भएको पुष्टि भएको छ । इरान युद्धको नेतृत्व गरिरहेको अमेरिकी सेन्ट्रल कमाण्डले विमान दुर्घटनामा चार सैनिकको मृत्यु भएको जानकारी दिएको…

    पहिलो

    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    • March 13, 2026
    • 28 views
    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    • March 13, 2026
    • 26 views
    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    • March 13, 2026
    • 14 views
    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    • March 13, 2026
    • 23 views
    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    • March 13, 2026
    • 20 views
    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना

    • March 13, 2026
    • 31 views
    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना