एपोलो हाइड्रोको आइपिओ सर्वसाधारणका लागि खुला

एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ८० हजार २०० कित्ता सेयर निष्कासन गरेको हो । यो आइपिओ चैत ३० गतेसम्म खुला रहनेछ भने पूर्ण रूपमा बिक्री नभएमा वैशाख १० गतेसम्म म्याद थप गर्न सकिने बताइएको छ ।

कम्पनीको जारी पूँजी ४७ करोड रुपैयाँ रहेको छ । यसमध्ये ३० प्रतिशत अर्थात् १४ लाख १० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । कुल निष्कासनमध्ये १० प्रतिशत अर्थात् ४ लाख ७० हजार कित्ता सेयर ओखलढुंगा, सोलुखुम्बु र रामेछाप जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । बाँकी २० प्रतिशत अर्थात् ९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि राखिएको छ।

सर्वसाधारणतर्फ छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो । त्यस्तै २ प्रतिशत अर्थात् १८ हजार ८०० कित्ता कर्मचारीका लागि र कुल सेयरमध्ये ५ प्रतिशत अर्थात् ४७ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ७ लाख ८० हजार २०० कित्ता सेयर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।

सार्वजनिक निष्कासनको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको जारीकर्ता मूल्याङ्कन ‘केयर-एनपी बीबी माइनस’ र दीर्घकालीन बैंक सुविधा मूल्याङ्कन पनि सोही स्तरमा यथावत राखेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउछ ।

एपोलो हाइड्रोपावर कम्पनी लिमिटेड प्रारम्भमा निजी लिमिटेड कम्पनीका रूपमा स्थापना भई २०२२ सेप्टेम्बर २२ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । कम्पनीले ओखलढुंगा जिल्लामा ६ मेगावाट क्षमताको बहावमा आधारित जलविद्युत आयोजना विकास गरिरहेको छ ।

  • Related Posts

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

     नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ४ सयले घटेर तोलाको २ लाख ९६ हजार ७ सयमा कारोबार भइरहेको…

    सुनचाँदीको मुल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ?

    नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको २ सयले बढेर तोलाको २ लाख ९७ हजार १ सयमा कारोबार…

    पहिलो

    सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले संयुक्त राष्ट्र संघको CEPA को २५ औं सत्रमा भाग लिदै-

    • April 14, 2026
    • 86 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले संयुक्त राष्ट्र संघको CEPA को २५ औं सत्रमा भाग लिदै-

    सभामुख अर्यालको पूर्व सभामुखद्वय घिमिरे र सापकोटासँग भेटवार्ता

    • April 13, 2026
    • 38 views
    सभामुख अर्यालको पूर्व सभामुखद्वय घिमिरे र सापकोटासँग भेटवार्ता

    विनोद भण्डारीको पीएम कपमा दोस्रो शतक, कोशीलाई ३६३ रनको लक्ष्य

    • April 13, 2026
    • 28 views
    विनोद भण्डारीको पीएम कपमा दोस्रो शतक, कोशीलाई ३६३ रनको लक्ष्य

    पीएम कपमा आसिफको कीर्तिमानी दोहोरो शतक

    • April 13, 2026
    • 28 views
    पीएम कपमा आसिफको कीर्तिमानी दोहोरो शतक

    क्रियाशील खारेज होइन, अद्यावधिक गर्दैछौं- महामन्त्री पौडेल

    • April 13, 2026
    • 30 views
    क्रियाशील खारेज होइन, अद्यावधिक गर्दैछौं- महामन्त्री पौडेल

    मन्त्रीहरुको सुनप्रति गोकुल बास्कोटाको टिप्पणी- देश लंका बनिसकेछ !

    • April 13, 2026
    • 28 views
    मन्त्रीहरुको सुनप्रति गोकुल बास्कोटाको टिप्पणी- देश लंका बनिसकेछ !