काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।
नेकपा एमालेको भक्तपुरको गुण्डुस्थित निवासमा केहीबेरअघि बैठक शुरु भएको हो । यसअघि आइतबार बस्ने भनिएको एमालेको ५८औँ सचिवालय बैठक आज बसेको हो । अविरल वर्षाका कारण बाढीपहिरो र डुबान भएकाले आइतबारको बैठक आजका लागि सारिएको थियो ।
यही केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्न सचिवालय बैठक बस्न लागेको बताइएको छ । यसअघि असोज १२ गते एमालेको सचिवालय बैठक बसेको थियो ।










