नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी पुस २७ देखि २९ गते बस्ने भएको छ ।
विहिबार काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले दोस्रो बैठकको प्रस्ताव पेश गरेका हुन् । महासचिव पोखरेलले बैठक केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७, २८ र २९ मा काठमाडौं बस्ने प्रस्ताव गरेका हुन् । आज जारी बैठकले सो प्रस्ताव अनुमोदन गर्ने बताइएको छ ।







