नेकपा एमालेको नयाँ नेतृत्व चयनमा ओली पक्षले बर्चश्व कायम गरिरहेका बेला दुई पदाधिकारीका उम्मेदवारले भने हार बेहोरेका छन् ।
ओली पक्षका उपाध्यक्षका उम्मेदवार गुरु बराल र उपमहासचिव पदका उम्मेदार विष्णु रिमाल पराजित भएका हुन् । बरालले ११३७ मत प्राप्त गर्दै छैटौं स्थानमा रहेर पराजित भएका छन् । पाँच मध्ये एक उपाध्यक्षमा ईश्वर पोखरेल पक्षका गोकर्ण विष्ट विजयी भएका छन् ।
त्यस्तै उपमहासचिवमा उम्मेदवार बनेका रिमालले १०९१ मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेर पराजित भएका छन् । रिमाल ओलीका विश्वासपात्र मानिन्छन् । त्यस्तै तीन मध्ये एक उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन् ।







