काठमाडौँ । नेकपा एमालेले फागुन २१ मा हुने निर्वाचनका लागि प्रतिनिधि सभाका उम्मेदवार टुंगो लगाएको छ ।
शनिबार बसेको एमालेको सचिवालय बैठकले उम्मेदवार तय गरेपनि अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई भने किनारा लगाएका छन् । प्रमुख रुपमा ओलीले उपमहासचिव योगेश भट्टराईको ताप्लेजुङको सिट होल्ड गरेका छन् ।
भट्टराईले आफ्नो टिकट होल्ड भएपछि निर्णय सुनेर विचलित नहुँन अनुरोध समेत गरेका छन् । उनले यात्रा लामो र ग़ौरबपूर्ण रहेको भन्दै अझ उच्च मनोवल र एकताका साथ एमालेका उम्मेदवारहरूलाई बिजयी बनाउन आफनो ठाउ र हैसियतबाट सक्रिय रहन आह्वान गरेका छन् ।









