एमाले महाधिवेशन: मतगणना शुरु गरिदै, एकैपटक अन्तिम परिणाम सार्बजनिक हुने

नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएपछि अब गणना छिट्टै शुरु हुने भएको छ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले ८० वटा भोटिङ मेशिनबाट चिप्स निकालिसकेको जानकारी दिदै सबै चिप्सलाई कम्प्युटरमा राखेर मतगणना गर्ने बताएका छन् ।

सुब्बाले सबै ३४२ पदको मत परिणाम एकै पटक सार्बजनिक गर्ने बताएका छन् । उनले प्राविधिकहरुले साढे २ देखि ३ घण्टामा नतिजा निकाल्ने बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९: २० बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको थियो ।

नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको थियो । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको छ । 

आजै मतगणना सकिएपछि महाधिवेशन स्थल भृकुटीमण्डपमा समापन समारोह गर्ने तयारी गरिएको छ ।

  • Related Posts

    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    जनमत पार्टीका अध्यक्ष सिके राउतले बालेन शाहप्रति इंगित गर्दै काठमाडौँबाट लाखौँ मधेसीलाई लछारपछार गर्दै धपाउनेलाई चिन्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै राउतले मधेशीलाई काठमाडौंबाट भगाउने भन्दा मधेशीलाई…

    झापा पुगे ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । मंगलबार हुने प्रतिनिधि सभाको उम्मेदवारको मनोनयन दर्ता गर्न ओली आजै झापा पुगेका हुन् ।  उनले झापा-५ बाट उम्मेदवारी दिदैछन् ।…

    पहिलो

    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    • January 19, 2026
    • 19 views
    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    झापा पुगे ओली

    • January 19, 2026
    • 9 views
    झापा पुगे ओली

    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    • January 19, 2026
    • 29 views
    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    • January 19, 2026
    • 10 views
    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    • January 19, 2026
    • 2 views
    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

    • January 19, 2026
    • 10 views
    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट