नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल भएको छ । आइतबार दुवै दलबीच चुनावी तालमेल गर्न तीन बुँदे सहमति भएको हो ।
जस अनुसार रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा सन्दीप पुनलाई एमालेले मतदानमा सघाउनेछ । त्यस्तै कर्णालीका हुम्ला जुम्लाबाहेकका जिल्ला र पुरानो राप्ती अञ्चल (दाङ, रूकुम,रोल्पा रूकुम, प्यूठान) का जिल्लामा एमालेका उम्मेदवारलाई प्रलोपाले सघाउने सहमति बनेको छ । सहमतिपत्रमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाकी अध्यक्ष दुर्गा शोवले हस्ताक्षर गरेका छ्न् ।
सहमतिका तीन बुँदा:
१- प्रगतिशील लोकतान्त्रिक पार्टी, पश्चिम रुकुमका उम्मेद्वार श्री जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेद्वार श्री संदीप पुनको पक्षमा आँखा चिन्हमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा मतदान गर्ने सहमति भएको छ ।
२- कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरु र पुरानो राप्ती अञ्चलका जिल्लाहरुमा नेकपा (एमाले)का उम्मेद्वारहरुको पक्षमा सूर्य चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा मतदान गर्ने सहमति भएको छ ।
३- दुवै पार्टीहरुले उपरोक्त सहमति कार्यान्वयन गर्न आ-आफ्नो आन्तरिक पंक्तिलाई अविलम्ब निर्देशन गर्ने सहमति भएको छ ।









