एरिका बनिन् एसियन च्याम्पियनसिपको फाइनल पुग्ने पहिलो नेपाली खेलाडी

काठमाडौँ । चीनमा जारी २० औँ एसियन कराते च्याम्पियनसिपमा करातेकी युवा खेलाडी एरिका गुरुङ फाइनल प्रवेश गरेकी छन् ।

शुक्रबार भएको खेलमा महिला ६८ केजी तौल समूहमा थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८-० ले पराजित गर्दै एरिका फाइनलमा पुगेकी हुन् । योसँगै एरिका एसियन च्याम्पियनसिपमा फाइनल पुग्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

एरिकाले प्रि-क्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४-० तथा क्वार्टरफाइनलमा काजकिस्तानकी सोफिया बेरुल्टसेभालाई पराजित गरेकी थिइन् ।

उपाधिका लागि एरिकाले आइतबार भियतनामकी नाओन थि नुयेनसंग खेल्नेछिन् ।

  • Related Posts

    प्रधानमन्त्री कार्कीको बंगलादेशमा निर्वाचन सम्पन्न भएकोमा बधाई, सहकार्य गर्ने प्रतिबद्धता

    प्रधानमन्त्री सुशिला कार्कीले बंगलादेशमा सम्पन्न १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा त्यहाँको सरकार र जनतालाई हार्दिक बधाई सन्देश व्यक्त गरेकी छन् । सन्देशमा प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउँदै निर्वाचन…

    बंगलादेश प्रधानमन्त्री बन्ने निश्चित भएका तारिक रहमान को हुन् ?

    बंगलादेशको आम निर्वाचनमा बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेपछि तारिक रहमान नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । ६० वर्षीय रहमान बंगलादेशको प्रभावशाली जिया परिवारका उत्तराधिकारी हुन्…

    पहिलो

    परराष्ट्रमन्त्री शर्मासँग अमेरिकी इन्डो-प्यासिफिक कमाण्ड प्रमुखबाट शिष्टाचार भेट

    • February 13, 2026
    • 23 views
    परराष्ट्रमन्त्री शर्मासँग अमेरिकी इन्डो-प्यासिफिक कमाण्ड प्रमुखबाट शिष्टाचार भेट

    बलिवुड निर्देशक विक्रम भट्ट दम्पतीलाई अदालतबाट जमानत

    • February 13, 2026
    • 23 views
    बलिवुड निर्देशक विक्रम भट्ट दम्पतीलाई अदालतबाट जमानत

    काँग्रेसले आइतबार चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्ने

    • February 13, 2026
    • 21 views
    काँग्रेसले आइतबार चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्ने

    प्रधानमन्त्री कार्कीको बंगलादेशमा निर्वाचन सम्पन्न भएकोमा बधाई, सहकार्य गर्ने प्रतिबद्धता

    • February 13, 2026
    • 24 views
    प्रधानमन्त्री कार्कीको बंगलादेशमा निर्वाचन सम्पन्न भएकोमा बधाई, सहकार्य गर्ने प्रतिबद्धता

    बंगलादेश प्रधानमन्त्री बन्ने निश्चित भएका तारिक रहमान को हुन् ?

    • February 13, 2026
    • 21 views
    बंगलादेश प्रधानमन्त्री बन्ने निश्चित भएका तारिक रहमान को हुन् ?

    जबरजस्ती करणीको अभियोगमा सुनसरीबाट एक जना पक्राउ

    • February 13, 2026
    • 22 views
    जबरजस्ती करणीको अभियोगमा सुनसरीबाट एक जना पक्राउ