एलडीपीको भारी जितपछि जापानको शेयर बजार उच्च विन्दुमा

जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आमनिर्वाचनमा भारी बहुमत हासिल गरेपछि जापानको प्रमुख सेयर सूचकांक निक्केई २२५ अंकको ऐतिहासिक वृद्धि भएको छ ।

निर्वाचन जितसँगै सेयर बजारमा व्यापक खरिद बढ्दा निक्केई २२५ सूचकांक ३.८९ प्रतिशतले उक्लिँदै ५६,३६३ अंकमा बन्द भएको एनएचकेले उल्लेख गरेको छ ।

यो अहिलेसम्मकै उच्च स्तर हो । कारोबारका क्रममा सूचकांक झन्डै ५.७ प्रतिशतले बढेर पहिलो पटक ५७,००० अंक पार गरेको थियो ।

प्रधानमन्त्री सानाए ताकाइचीले अघि सारेको ‘जिम्मेवार र सक्रिय वित्तीय नीति’ प्रति लगानीकर्ताहरूको आशाका कारण निर्वाचनअघि नै सेयर बजारमा सुधार देखिएको थि यो। अब सरकारी खर्च वृद्धि र उपभोग कर कटौतीसम्बन्धी सम्भावित निर्णयतर्फ लगानीकर्ताको ध्यान केन्द्रित भएको छ ।

विश्लेषकहरूका अनुसार ती नीतिगत कदमहरूले आगामी दिनमा जापानको वित्तीय बजारमा थप प्रभाव पार्न सक्नेछ ।

  • Related Posts

    सुनचाँदीको मुल्य घट्यो

    नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २८ सयले घटेर तोलाको ३ लाख १४ हजार २ मा कारोबार भइरहेको…

    आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

    नेपाल आयल निगमले आजदेखि एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर बिक्री गर्न लागेको छ । निगमका अनुसार पछिल्ला दुई-तीन महिनादेखि काठमाडौँ उपत्यकामा एलपी ग्यासको माग असामान्य रूपमा बढ्दै गएको…

    पहिलो

    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    • March 13, 2026
    • 28 views
    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    • March 13, 2026
    • 26 views
    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    • March 13, 2026
    • 14 views
    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    • March 13, 2026
    • 23 views
    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    • March 13, 2026
    • 20 views
    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना

    • March 13, 2026
    • 31 views
    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना