एलन मस्कको बताए चन्द्रमामा सहर बसाउने योजना

स्पेस एक्सका संस्थापक एलन मस्कले अब मंगल ग्रहभन्दा चन्द्रमालाई प्राथमिकतामा राख्दै त्यहाँ सहर बसाउने योजना अघि सारेका छन् । मंगलको तुलनामा चन्द्रमामा मानिस पठाउन सजिलो हुने भएकाले आफ्नो योजना परिवर्तन गरेको मस्कले जानकारी दिएका हुन्।

मस्कका अनुसार स्पेसएक्सले चन्द्रमामा ‘आफैं बढ्ने सहर निर्माण गर्ने लक्ष्य राखेको छ, जुन १० वर्षभित्र सम्भव हुने अनुमान छ । मंगलमा सहर बसाउन भने २० वर्षभन्दा बढी समय लाग्ने उनले बताए । यद्यपि, उनको दीर्घकालीन लक्ष्य भने जीवन र चेतनालाई ग्रहहरुसम्म पुर्‍याउने रहेको स्पष्ट गरेका छन् ।

उनले मंगल यात्रा प्रत्येक २६ महिनामा मात्र सम्भव हुन्छ र त्यहाँ पुग्न करिब ६ महिना लाग्छ, जबकि चन्द्रमाका लागि हरेक १० दिनमा रकेट प्रक्षेपण गर्न सकिन्छ र २ दिनमै पुग्न सकिन्छ । स्पेसएक्सले मंगलमा पनि करिब ७ वर्षभित्र सहर बसाउने प्रयास सुरु गर्ने जनाएको छ ।

मस्कले मंगललाई मानव अस्तित्व जोगाउने ‘प्लान–बी’ का रूपमा व्याख्या गर्दै आएका छन् । उता नासाले भने चन्द्रमामै केन्द्रित हुँदै २०२८ सम्म अन्तरिक्षयात्रीलाई पुनः चन्द्र सतहमा पठाउने तयारी गरिरहेको छ ।

नासाको आर्टेमिस मून मिशनमा स्पेसएक्सको लुनार ल्यान्डर प्रयोग हुनेछ, जसका लागि नासाले स्पेसएक्सलाई करिब ३ अर्ब डलरको सम्झौता दिएको छ । यो ल्यान्डर हाल परीक्षण चरणमा छ । यसैबीच जेफ बेजोसको कम्पनी ब्लू ओरिजिन पनि यस्तै ल्यान्डर विकासको प्रतिस्पर्धामा रहेको छ ।

  • Related Posts

    के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?

    पश्चिम एसियामा जारी द्वन्द्वले ऊर्जा आपूर्तिमा असर गरिरहेको छ । धेरै देशहरूमा एलपीजी ग्यासको उपलब्धता प्रभावित भएको छ र मूल्यहरू बढ्दै गइरहेका छन् । अहिले धेरै देशमा ग्यास आपूर्तिमा दबाब…

    एआईको अत्यधिक प्रयोगले ‘ब्रेन फ्राइ’ हुने अध्ययनको निष्कर्ष

    आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मानिसको काम सजिलो बनाउने र उत्पादकता बढाउने आशामा प्रयोग हुँदै आएको छ, तर हालैको एक अध्ययनले यसको विपरीत परिणाम देखाएको छ । हार्वर्ड बिजनेस रिभ्युमा प्रकाशित एक…

    पहिलो

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    • March 15, 2026
    • 72 views
    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    • March 15, 2026
    • 24 views
    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    • March 15, 2026
    • 93 views
    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    • March 15, 2026
    • 18 views
    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    • March 15, 2026
    • 17 views
    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय

    • March 15, 2026
    • 20 views
    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय