एल मेन्चोको मृत्युपछि मेक्सिकोमा हिंसा

मेक्सिकोको सेनाले आइतबार देशकै सबैभन्दा शक्तिशाली ड्रग कार्टेलका प्रमुख नेमेसियो ओसेगुएरा केरवेंटेसलाई कारबाहीका क्रममा मारिएको जनाएको छ । ‘एल मेन्चो’ नामले परिचित उनी अमेरिका का सबैभन्दा खोजी सूचीमा रहेका फरार अपराधीमध्ये एक थिए ।

सरकारका लागि ठूलो सफलताका रूपमा हेरिएको उक्त कारबाहीपछि भने देशका विभिन्न क्षेत्रमा हिंसात्मक घटना भड्किएका छन् । कार्टेलका सदस्यहरूले खुद्रा पसल, सार्वजनिक सवारीसाधन र सरकारी भवनमा आगजनी गर्नुका साथै सडक अवरुद्ध र गोलीबारी गरेका छन् । करिब एक दर्जन राज्यमा सवारीसाधन जलाइएको र राजमार्ग अवरुद्ध पारिएको विवरण सार्वजनिक भएको छ ।

एल मेन्चो जलिस्को न्यू गेनेरेसन कार्टेल (जेएनजीसी) का प्रमुख थिए । यो समूह हाल मेक्सिकोको सबैभन्दा ठूलो, तीव्र रूपमा विस्तार भइरहेको र खतरनाक आपराधिक सञ्जाल मानिन्छ ।

५९ वर्षीय ओसेगुएरा पश्चिमी मेक्सिकोको मिचोआकान प्रान्तका बासिन्दा थिए । सन् १९९४ मा अमेरिकामा हेरोइन तस्करी अभियोगमा तीन वर्ष जेल सजाय भोगेका उनले रिहाइपछि मेक्सिको फर्केर लागुऔषध कारोबारमा आफ्नो प्रभाव विस्तार गरेका थिए । सन् २००९ तिर उनले जेएनजीसी स्थापना गरेका थिए, जसले अमेरिका सम्म कोकिन, मेथाम्फेटामिन, फेन्टानिल तथा मानव तस्करीमा संलग्नता जनाएको आरोप छ ।

यस समूहले ड्रोन र आईईडीजस्ता आधुनिक हतियार प्रयोग गर्दै हिंसाका नयाँ तरिका अपनाएको थियो । सन् २०१५ मा जालिस्को क्षेत्रमा मेक्सिकन सेनाको हेलिकप्टर खसालिएको घटना र मेक्सिको सिटीका तत्कालीन प्रहरी प्रमुखमाथि गरिएको आक्रमण प्रयासले कार्टेललाई कुख्यात बनाएको थियो ।

एल मेन्चोको मृत्यु पश्चात दोस्रो ठूलो सहर ग्वाडलाहारासहित विभिन्न स्थानमा सुरक्षा सतर्कता बढाइएको छ । कतिपय राज्यमा विद्यालय बन्द गरिएका छन् भने सुरक्षाकर्मी उच्च सतर्कतामा राखिएका छन्। छिमेकी ग्वाटेमालाले समेत सीमाक्षेत्रमा सुरक्षा कडा पारेको जनाएको छ ।

अमेरिकी विदेश विभागले ओसेगुएराको पक्राउका लागि १ करोड ५० लाख डलर इनाम घोषणा गरेको थियो । अमेरिकी प्रशासनले उनको कार्टेललाई विदेशी आतंकवादी संगठन घोषणा गरेको थियो । अमेरिकी अधिकारीहरूले मेक्सिकोको कारबाहीको स्वागत गरेका छन् ।

अब जेएनजीसीको नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्न उठेको छ । विज्ञहरूका अनुसार एल मेन्चोले संगठनमा प्रत्यक्ष नियन्त्रण राखेका थिए । उनको अनुपस्थितिमा केही समय कार्टेल कमजोर हुन सक्ने भए पनि प्रतिद्वन्द्वी समूहबीच शक्ति संघर्ष बढ्न सक्ने र त्यसले हिंसा थप चर्किन सक्ने अनुमान गरिएको छ ।

  • Related Posts

    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    चीनले इरानलाई दुई लाख अमेरिकी डलर सहयोग दिने घोषणा गरेको छ । चीनले दिएको यो रकम युद्धमा मृत्यु भएका विद्यार्थीका अभिभावकको सहयोगका लागि दिने जानकारी दिएको छ । चीनको विदेश…

    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    इराकमा दुर्घटनाग्रस्त अमेरिकी इन्धन आपूर्ति विमानमा सवार चार सैनिकको मृत्यु भएको पुष्टि भएको छ । इरान युद्धको नेतृत्व गरिरहेको अमेरिकी सेन्ट्रल कमाण्डले विमान दुर्घटनामा चार सैनिकको मृत्यु भएको जानकारी दिएको…

    पहिलो

    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    • March 13, 2026
    • 29 views
    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    • March 13, 2026
    • 27 views
    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    • March 13, 2026
    • 15 views
    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    • March 13, 2026
    • 24 views
    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    • March 13, 2026
    • 20 views
    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना

    • March 13, 2026
    • 31 views
    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना