एसियन च्याम्पियनसीपमा एरिकाले जितिन् रजत

काठमाडौँ। नेपालकी एरिका गुरुङ एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदकमा सीमित भएकी छिन्।

उनले फाइनलमा भियतनामी खेलाडीसँग पराजय ब्योहोरिन्। यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा कुनै पनि नेपाली खेलाडी फाइनल पुग्न सकेको थिएन।

एरिकाले सेमिफाइनल जितेर ऐतिहासिक सफलता प्राप्त गरेकी थिइन्। एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन्।

एरिकाले फाइनल यात्रा तय गरेपछि नेपालका लागि उनले थप अर्को इतिहास लेख्न सक्ने अनुमान गरिएको थियो। तर उनी अन्तिम समयमा सम्हालिन सकिनन् र प्रतिद्धन्द्धीले लगातार अंक बटुलेकी थिइन्।

एरिकाले गत एसियाली खेलकुदमा नेपालका लागि रजत दिलाएकी थिइन्। एसियाली खेलकुदको एकल स्पर्धामा नेपालले जितेको त्यो इतिहासकै दोस्रो रजत पदक थियो।

सन् १९९८ को एसियाडमा तेक्वान्दोकी सवितराज भण्डारीले अन्तिम पटक रजत जितेकी थिइन्।

  • Related Posts

    महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

    काठमाडौँ । ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान’बाट सम्मानित भएकी छन् । द इन्टरनेसनल अवार्ड फोरम युएसएद्वारा भारतको नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा उपाध्यक्ष गोलेलाई…

    ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

    मेक्सिको । डोनाल्ड ट्रम्प अवैध आप्रवासीहरूको सामूहिक निर्वासन गर्ने योजनाका साथ ह्वाइट हाउसमा फर्कने एक दिनअघि मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबमले आइतबार अमेरिकामा बसोबास गर्ने आफ्ना देशका नागरिकहरूको रक्षा गर्ने वाचा…

    पहिलो

    सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरको कमाण्डमा रहेका गढीमाई बाहिनी सर्बोत्कृष्ट-

    • January 21, 2025
    • 25 views
    सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरको कमाण्डमा रहेका गढीमाई बाहिनी सर्बोत्कृष्ट-

    नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

    • January 21, 2025
    • 35 views
    नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

    पर्सा का प्रहरी उपरिक्षक द्वारा निरीक्षण तथा भ्रमण कार्यक्रम सम्पन्न-

    • January 20, 2025
    • 35 views
    पर्सा का प्रहरी उपरिक्षक द्वारा निरीक्षण तथा भ्रमण कार्यक्रम सम्पन्न-

    महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

    • January 20, 2025
    • 7 views
    महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

    ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

    • January 20, 2025
    • 6 views
    ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

    राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्ने

    • January 20, 2025
    • 7 views
    राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्ने