दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०७ पौष । जिल्ला स्तरीय लैङ्गिक हिसां संञ्जाल समिति, पर्सा को कोष बाट एक जना एकल महिलालाई पचास हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
मिति २०८२ साल मंसिर २७ गते बिरगंज महानगरपालिका वडा नं. १० स्थित रहेको मारवाडी घर्मशालाको तेस्रो तल्लाको कोठा नं. १०४ मा कोठा भाडामा बस्दै आएकी पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ०३, बस्ने अंदाजी वर्ष २१ की सुनिता तामाङको मृत शव फेला परेकोमा थियो ।
निजको घरमा एकल महिला आमा वाहेक कोही नरहेको तथा निजको घरको आर्थिक स्थिति पनि दयनीय देखिएकोले पीडित मृतक सुनिता तामाङ को आमा कान्छी माया स्याङबोलाई उक्त कोष बाट नगद रु. ५० हजार ५ रुपैयाँ को चेक जिल्ला प्रहरी कार्यालय, पर्सा का कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक द्वारा हस्तान्तरण गरिएको छ ।










