ओखलढुङ्गामा वृद्ध दम्पति हत्यामा संलग्न दुई जना पक्राउ

ओखलढुङ्गामा यहि माघ १२ गते राति वृद्ध दम्पत्ती हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् । 

ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका- ६ बोहोरेस्थित अन्दाजी वर्ष ८१ का चन्द्र बिक्रम राई र निजको श्रीमती अन्दाजी वर्ष ८० की चन्द्र माया राईको हत्यामा संलग्न रहेको आरोपमा ओखलढुङ्गाकै ३४ बर्षिय धनबहादुर राना र १७ बर्षिय एक जना बालकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँबाट पक्राउ गरेको हो । 

ब्यूरोले लुटपाट गर्ने योजना बनाई अर्को अभियुक्तसंग काठमाडौंदेखि घटना स्थल गई हत्या तथा लुटपाटमा संलग्न भई लुटपाट गरिएका दसी प्रमाणका सामानहरू प्रयोग तथा व्यवस्थापन गरेको बताएको छ ।

प्रहरीले हत्यामा प्रयोग भएको कोदालो, प्रतिवादीको डेरा कोठाबाट मृतक चन्द्रमाया राईले प्रयोग गर्ने गरेको मोवाईल, प्रतिवादीहरूले घटनाको क्रममा प्रयोग गरेको २ थान मोवाईललगायतका समान बरामद गरेको जनाएको छ।

  • Related Posts

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

     पोखरा महानगरपालिका-१९ अकलादेवी डेरा गरी बस्ने सोही महानगरपालिका-१९ लामाचौर घर भएका ३० वर्षीय लक्षु थापाको कोठामा जुवातास खेलिरहेको अवस्थामा थापा समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी…

    काँग्रेसले जितेका १७ सिट कुन कुन हुन् ?

    नेपाली काँग्रेसले १७ सिट जितेको छ । जारी मत गणनामा अब काँग्रेस कुनै पनि सिटमा अगाडी रहेको छैन र प्रत्यक्षतर्फ काँग्रेस १७ सिटमा सिमित हुने देखिएको छ । काँग्रेसका पछिल्लो…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 11 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 16 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो