ओलम्पिक उद्घाटन समारोहका अद्‌भुत दृश्य

फ्रान्सको राजधानी पेरिसमा चित्ताकर्षक शैलीमा ग्रीष्मकालीन ओलम्पिक उद्घाटन गरिएको छ।

सेन नदी सँगसँगै हजारौं खेलाडी कला प्रदर्शन गर्दै उद्घाटन समारोहमा सहभागी भएका थिए। ओलम्पिक उद्घाटन समारोहका लागि पहिलो पटक जलमार्गको प्रयोग गरिएको थियो।

फ्रान्सका जुडोका महान् खेलाडी टेडी रिनर र मारी जोस पेरेकले पेरिसको आकाशमाथि उडेको तातो हावाको बेलुन जस्तो आकारको कल्ड्रन प्रज्वलित गर्दै ओलम्पिकको शुभारम्भ गरेका थिए। चार घण्टा चलेको उद्घाटन समारोहमा विभिन्न कला प्रदर्शन गरिएको थियो।

संसारका विभिन्न देशका ६ हजार ८०० खेलाडी र २०५ जना आगन्तुकले ८५ वटा डुंगामा फ्रान्सको प्रख्यात अस्ट्रेलिज ब्रिज पार गर्दासम्म आकाशमा रातो, सेतो र नीलो आतिसबाजी गरिएको थियो। जुन दृश्य अद्‌भुत थियो।

उद्घाटन समारोहमा आकर्षक सांगीतिक प्रस्तुति राखिएको थियो। जसमा अमेरिकी गायिका एवं गीतकार लेडी गागाको क्याबरे नम्बर र क्यानडेली आइकन सेलिन डियोनको रिटर्न पनि समावेश थिए।

पेरिस ओलम्पिकलाई अवरोध गर्न फ्रान्सको रेलमार्गमा आगो लगाइएको थियो। जसले गर्दा उद्घाटन समारोहमा आउने फ्रान्सेली नागरिकलाई अप्ठ्यारो भएको थियो। यससँगै वर्षाले पनि केही अवरोध गरेको थियो।

तथापि फ्रान्सको इतिहास, कला र खेलकूदबारे दुई हजार संगीतकार तथा कलाकारले विचलित नभई प्रस्तुति राखेका थिए। १०० वर्षपछि दोस्रो पटक ओलम्पिक आयोजना गरेको फ्रान्सले उद्घाटन समारोहलाई भने चित्ताकर्षक बनाएको थियो।

उद्घाटन समारोहमा बोल्दै अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)का अध्यक्ष थोमस बाचले संसारभरका खेलाडी विश्वलाई शान्तिका लागि एकताबद्ध गर्ने कार्यक्रमको हिस्सा भएको बताए।

ओलम्पिकका ३२ वटा खेलमा १० हजार ५०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। गए राति शुरू भएको ओलम्पिक साउन २७ गतेसम्म चल्नेछ।

  • Related Posts

    भारी वर्षाको सम्भावना,चेतावनी जारी

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावनासूचना अनुसार बाँके, बर्दिया र दाङ, सुर्खेत, दैलेख , सल्यान, बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्लामा भारीदेखि धेरै…

    पाकिस्तानी दूतावासद्वारा २०० नेपाली विद्यार्थीलाई दिइएको छात्रवृत्ति सांसद ढकालद्वारा वितरण

    काठमाडौँ, १२ असार/ पाकिस्तानी दूतावास, नेपालले काठमाडौँस्थित रेडिसन होटलमा आयोजित एक भव्य समारोहमा २०० योग्य नेपाली विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। प्रतिनिधि सभा सदस्य एक नाथ ढकालको प्रमुख उपस्थितिमा सम्पन्न…

    पहिलो

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 85 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    • July 5, 2025
    • 186 views
    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    • July 3, 2025
    • 139 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    • July 3, 2025
    • 135 views
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    • July 2, 2025
    • 119 views
    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

    • July 2, 2025
    • 110 views
    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-