ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेको महाधिवेशन भाड्ने षड्यन्त्र सफल हुन नदिने बताएका छन् ।

नेता बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल गरिएको आरोप लगाउदै महाधिवेशन भाड्ने, आतंक फैलाउने, सहभागिता घटाउने र अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने र । महाधिवेशनमा चुनाव भएमा सके हराउने नसके भोट घटाउने षड्यन्त्र भइरहेको बताएका हुन् ।

उनले नेता इश्वर पोखरेलले ओली आयोगमा बयान लिन किन नगएको भन्ने प्रश्न गरेको र केहि दिन अघि विद्या भण्डारीले प्रधानमन्त्रीलाई भेटेर ओलीलाई पक्राउ गर्ने कुरा गरेकोले सबैले एउटै दिशातिर संकेत गरेको बताएका छन् ।

उनले भनेका छन्:

हिजोको पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले पत्रकारहरूलाई भन्नुभयो, ‘तपाईँहरूले एउटा कुरा सोध्नै भुल्नुभयो: किन हाम्रो अध्यक्ष आयोगमा बयान दिन जानुभएन? म भए जान्थे, उहाँ पनि जानैपर्छ ।’ यसबीच अर्को षडयन्त्रको खेल पनि बाहिर आएको छ । २ दिन अगाडि नै पुर्व राष्ट्रपति बिद्या भण्डारी र  प्रधानमन्त्री सुसीला कार्कीबीच भएको भनिएको वार्तामा पनि केपी ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ । हिजै जेनजी समूहको नाममा गरिएको बार्ता र सम्झौताको नाटक, हिमेश पन्तलगायतका अराजक सेलिब्रेटीहरूले फैलाएको  गलत भ्रम, ‘केपी ओली गिरफ्तार’ भन्ने मिडिया ट्रायल 

सबै कुरा एउटै दिशातिर संकेत गर्छन् । उनीहरूको उद्देश्य  हो: महाधिवेशन भाड्ने, आतंक फैलाउने, सहभागिता घटाउने, र अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने। महाधिवेशनमा चुनाव भएमा सके हराउने नसके भोट घटाउने ।
तर उनीहरूले बिर्सिन नहुने कुरा के हो भने एमाले सबै प्रकारका षड्यन्त्र चिर्न सक्षम छ।

पार्टी आफ्नो अडानमा अडिन्छ, अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल कदापि सफल हुँदैन । तिमीहरूका हरेक कर्तुत, योजना र खेल अब पूर्ण रूपमा बुझिसकिएको छ । अब सशक्त प्रतिरोध हुनेछ र तिमीहरूको सबै खेल नजन्मदै तुहिनेछ ।

  • Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    काठमाडौँ । चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन…

    पहिलो

    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    • January 16, 2026
    • 26 views
    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट

    • January 16, 2026
    • 9 views
    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 12 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 18 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 20 views