करिब साढे १६ अंक घट्यो नेप्से

Jun 29, 2024 06:06 AM Merolagani

यस साता नेप्से परिसूचक करिब साढे १६ अंक घटेर बन्द भएको छ। गत साता २०६८.३१ विन्दुमा बन्द भएको नेप्से, यस साता १६.३९ अंक अर्थात ०.७९ प्रतिशत घटेर २०५१.९२ विन्दुमा झरेको छ।

यस साता सोमबार र मंगलबार नेप्से सामान्य अंक बढेको थियो। बाँकी तीन कारोबार दिन भने नेप्से घटेको थियो।

सेन्सेटिभ इण्डेक्स ३.८७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५१ अंक घटेको छ।

नेप्से घटेपनि दैनिक औषत कारोबार रकम भने बढेको छ। गत साता दैनिक औषतमा ४ अर्ब २० करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १.९५ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयरसंख्या २.०१ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १.४४ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ७९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २६ अर्ब घटेर ३२ खर्ब ५३ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.५२ प्रतिशत बढेको छ। गत साता २३४०.७६ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साा ८२.५१ अंक बढेर २४२३.२७ विन्दुमा पुगेको छ। अरु ४ उपसमूहको परिसूचक भने यस साता सामान्य अंक बढेको छ।

यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.८० प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १७८.५८ अंक घटेको छ।

यस साता गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ३३.३१ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता नेपाल फाइनान्स र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य २२ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्य सर्वाधिक ११.०५ प्रतिशत घटेको छ। अन्य स्टकहरुको शेयरमूल्य गिरावट दर भने ९ प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता स्ट्याण्डर्ड चार्टर्ड बैंक, महिला लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने नेपाल दूरसञ्चार कम्पनी, पिपुल्स हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

  • Related Posts

    तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

    म्याग्दी, ७ साउनः मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको…

    शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

    काठमाडौँ, ७ साउनः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताउनुभएको छ । मिडिया एडभोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आज…

    पहिलो

    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    • July 22, 2024
    • 9 views
    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

    • July 22, 2024
    • 11 views
    तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    • July 22, 2024
    • 12 views
    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

    • July 22, 2024
    • 13 views
    शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

    विचारः साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

    • July 22, 2024
    • 14 views
    विचारः साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

    व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय

    • July 22, 2024
    • 11 views
    व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय