कर्णालीमा ‘प्रतिबद्ध-तेस्रो’ परियोजना शुभारम्भ

कर्णाली । कर्णाली प्रदेशस्थित जाजरकोटको बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाबाट ‘प्रतिबद्ध-तेस्रो’ परियोजना लागू गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशको समन्वय, युरोपियन युनियनको सहयोग, पिपल इन नीड, सामुदायिक आत्मनिर्भर केन्द्र र सेभ द चिल्ड्रेनद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा संयुक्त रूपमा ‘प्रदेशस्तरीय छलफल तथा परिचयात्मक कार्यक्रम’ आयोजना गरी परियोजनाको बारेमा जानकारी दिइएको हो ।

कार्यक्रममा सेभ द चिल्ड्रेन सुर्खेतका स्थलगत कार्यक्रमका प्रमुख रतनराज ओझाले प्रतिबद्ध-प्रथम दोलखा र सिन्धुली तथा दोस्रो सिन्धुलीमा लागू भएको जनाउँदै तेस्रो कर्णालीमा सुरु गरिएको उल्लेख गरे । उनका अनुसार परियोजना कर्णालीको जाजरकोट, सुदूरपश्चिमको बझाङ र लुम्बिनी प्रदेशको प्युठानका दुई/दुई पालिकामा लागू भएको छ । पहाडी जिल्लामा बाढीपहिरो रोकथामका उपाय तथा सचेतनासम्बन्धी परियोजना केन्द्रित हुने प्रमुख ओझाले बताए।

पिपल इन निडका परियोजना व्यवस्थापक शालिकराम घिमिरेले नेपालको जनसङ्ख्या विश्व जनसङ्ख्याको ०.३७ प्रतिशत रहेको जनाउँदै विश्वमा बाढीपहिरोबाट हुने क्षति नेपालमा करिब दश प्रतिशत बढी हुने गरेको अभिलेख गरिएको जानकारी दिए। सन् १९९८ को तथ्याङ्कमा नेपालको बाटो चार हजार सात सय ८० किलोमिटर रहेकामा विसं २०२२ मा बढेर दुई लाख २० हजार किलोमिटर पुगेकाले सोही आधारमा पहिराको जोखिम पनि बढ्दै गएको उनले बताए।

जलवायु परिवर्तनको प्रभावको जोखिममा चौँथो, चट्याङको जोखिममा पाँचौँ भूकम्पीय जोखिममा ११औँ र समग्र विपद्को जोखिममा विश्वको तुलनामा नेपाल २०औँ स्थानमा रहेको व्यवस्थापक जानकारी दिए । जोखिम न्यूनीकरणमा अपनत्व वृद्धि गर्न तथा बहुप्रकोप लक्षित पूर्वतयारी र क्रियाकलापका लागि साझा प्रयासमा जुट्ने उद्देश्यका साथ परियोजना सञ्चालनमा ल्याइएको उनले बताए।

पिपल इन नीड प्रादेशिक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन संयोजक उज्ज्वल अधिकारीले कर्णालीमा भूकम्प, पहिरो, भेलबाढी र आगलागीको जोखिम रहेको बताउँदै विपद् प्रतिकार्यका लागि सहकार्य र समन्वय आवश्यक रहने बताए। भूकम्प प्रभावित स्थानीय तहमा अहिले पनि स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र नभएको बताउँदै परियोजनाले तिनको सञ्चालन र क्रियाशीलतामा जोड दिएको उनले उल्लेख गरे।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशका प्रवक्ता कृष्णप्रसाद खरेलले विपद् प्रतिकार्यका काम निरन्तर भइरहे पनि केही अन्यौलता सृजना भएको प्रतिक्रिया दिए। उनले भने “हामीसँग भएको खरिद ऐनसहित विभिन्न ऐन, नियमले विपद्को समयमा बढी समस्या सृजना हुने गरेको छ । यस्ता अन्योलतालाई चिर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ ।”

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तम गौतमले बहु प्रकोप समस्या बढी भएको कर्णालीको अस्थालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरेकामा साझेदार निकायलाई धन्यवाद दिए। परियोजना सञ्चालनका क्रममा प्रदेश सरकारसँग अनिवार्य समन्वय गर्नुपर्ने र आफ्ना गतिविधिहरूको अभिलेख प्रदेश सरकारलाई पेस गर्नुपर्नेमा उनले जोड दिए।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू भन्सार चलान-

    • May 13, 2025
    • 14 views
    प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू भन्सार चलान-

    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    • May 12, 2025
    • 22 views
    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    • May 10, 2025
    • 33 views
    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    • May 8, 2025
    • 49 views
    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    • May 7, 2025
    • 36 views
    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-

    • May 7, 2025
    • 37 views
    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-