दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १९ असार । भारतको विहार राज्य जिल्ला मोतिहारी थाना रक्सौल वडा नं. १० बस्ने रोहित कुमारको जाहेरी वादी नेपाल सरकार प्रतिवादी वीरगञ्ज महानगरपालिका वडा नं.१ छपकैया बस्ने वर्ष २६ को रामजान भन्ने हसमुदिन अन्सारी समेत भएको मिति २०७४ साल फागुन ०३ गते राति ०९:०० बजे बाराको कलैया उप महानगरपालिका वडा नं.५ बहुअर टोल नहरको छेउमा जाहेरवालाको भाई मनिष कुमारलाई घाँटी रेटी कर्तव्य गरी मारी वारदात पश्चात् फरार रहेकोमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको फैसला कार्यान्वयन विशेष टोलीले आईतबार वीरगञ्ज महानगरपालिका वडा नं. ०१ छपकैया स्थितबाट पक्राउ गरी आजै जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा पठाइएको कुरा पर्सा प्रहरीले जनाएको छ ।